“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

लेख / रचना

सरकारी कर्मचारीले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने नीति नभएकाले बोर्डिङ पठाएका होलान्

wflbª lhNnf lzIff clwsf/L,dfg axfb'/ If]qL ;Fu u/LPsf] s'/fsfgL
 जिल्लाको समग्र शैक्षिक अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
धादिङको शैक्षिक स्थितिको अवस्था यहाँका करिब ६ सय ५० विद्यालयहरुमा स्वतस्फूर्त रुपमा शैक्षिक कार्यक्रम सञ्चालन भइरहेका छन् । नेपाल सरकारले विद्यालयलाई उपलब्ध गराउने गरी आर्थिक बर्ष २०६७।६८ मा दिइने जुन कार्यक्रम हो, त्यो भर्खरै मात्र प्राप्त भएको छ । र, यो कार्यक्रमको शिलशिलामा भर्खरै अभ्यासमा छौं । बाँकी विद्यालयमा हुने नियमित सञ्चालनको जुन शैक्षिक प्रक्रिया हो,  ।
त्यो स्वतस्फूर्त रुपमा सञ्चालन भइरहेको छ । कतैपनि हाम्रो कारणले सञ्चालनमा अवरोध भएको छैन । विद्यालयको स्थानीय वातावरणले उनीहरु बीचका स–साना विमतिहरु होलान्, त्यो आफ्नो ठाउँमा छ । जति सहयोग उपलब्ध गराउनुपर्ने हो, निर्देशन पुर्याउनुपर्ने कहीं त्यस्तो कुनै समस्या भएको छैन ।

 प्रवेशिका परीक्षा पनि नजिकिंदै छ, कस्तो तयारी भइरहेको छ जिल्लामा ?
 २०६७ सालको प्रवेशिका परीक्षाको बारेमा हामीले सबै माध्यमिक विद्यालयहरुबाट सम्मिलित हुने विद्यार्थीहरुको तथ्यांकहरु संकलन गरी केन्द्रमा पठाइसकेका छौं । परीक्षा नियन्त्रण कार्यालयमा यस बर्ष धादिङमा कतिवटा केन्द्र राख्ने त्यो पनि हामीले प्रवेशिका परीक्षा समन्वय समिति जुन हामीसँग यसअघि नै छ, त्यसले निर्णय गरेर सिफारिस गरिसकेका छौं ।
 कतिवटा केन्द्रका लागि सिफारिस गरिएको छ ?
 अहिले बाहिर आइनसकेकाले बाहिर भन्न मिल्दैन । केन्द्रले स्वीकृत गरिसकेपछि मात्र बाहिर चर्चामा ल्याउनु व्यवहारिक हुन्छ ।
 जिल्लामा सरकारी र निजी विद्यालयबीचको भिन्नता कस्तो पाउनुभएको छ ? जहाँसम्म विद्यालयको अवस्थालाई लिएर हेर्ने हो भने विभिन्न विद्यालय फरक हुँदा वित्तिकै शैक्षिक प्रक्रिया सञ्चालन हुने तौरतरिकामा केही फरक पर्न सक्छ । त्यस्तै सरकारी र निजी विद्यालयहरुमा पनि त्यहाँ गरिने पठन पाठन प्रक्रिया फरक हुन सक्छ । तैपनि त्यस्तो व्यापक फरक छैन । हामीले सामान्यतया माथिबाट आएका निर्देशनहरु समान रुपमा सरकारी र निजी दुवैलाई गरेका छौं ।
 फरक छैन भन्नुभयो, सरकारी जागिरेहरुले नै आफ्ना बालबालिकाहरुलाई किन सरकारीमा नपढाएर निजी विद्यालयमा पठाएका त ?
 अहिलेको प्रतिष्पर्धाको जमानामा आफ्ना छोराछोरीलाई सबैले दक्षता ज्ञान सीपले सम्पन्न तुल्याउन चाहन्छन् । त्यसकारण कुन विद्यालयमा पढाउँदा राम्रो हुन्छ, त्यो उनीहरुले विचार गर्ने कुरा हो । र, अंग्रेजी माध्यमले पढाई हुने भएकाले पनि निजी विद्यालयमा पढाएको हुनसक्छ । मलाई लाग्छ, सरकारी कर्मचारीले सरकारी संस्थाहरुप्रति सकारात्मक भएर सहयोग गर्नुपर्छ ।
 किन सकारात्मक नभएका हुन् त ?  यो मैले चर्चा गर्ने गरेको छु शिक्षक साथीहरुसँग । यदि यहाँहरुले आफ्ना छोराछोरीहरुलाई सरकारी विद्यालयहरुमा पठाउनु भएन भने अरुले आफ्नो विद्यालयप्रति विश्वास नलागेजस्तो ठान्छन् । म त्यही हुँदाहुँदै पनि सरकारी कर्मचारीले पनि सरकारी विद्यालयमा नै पठाउनुपर्ने नीति नभएकाले प्रतिप्रर्धाको लागि बोर्डिङमा पठाएका होलान् जस्तो लाग्छ
 जिल्लामा प्राविधिक शिक्षाको अवस्था कस्तो छ ?
 प्राविधिक शिक्षा सञ्चालन गर्नको लागि विद्यालय शिक्षामा प्राविधिक शिक्षा सञ्चालन भइनसकेको र एकदुई बर्ष अघिदेखि विद्यालय शिक्षामा पनि प्राविधिक शिक्षा सञ्चालन गर्ने भनेर नेपाल सरकारले कार्यक्रम ल्याएको थियो । त्यसलाई हामीले कार्यान्वयनको क्रममा धादिङमा कर्णेश्वर मावि सुनौलाबजारमा प्राविधिक शिक्षा सञ्चालन भएको छ ।
 धादिङमा शैक्षिक विकासका लागि के छन् तपाईसँग योजना ?
 समग्र धादिङ जिल्लाको शैक्षिक विकासको लागि मैले अलि पछि परेको महसुस गरेर शिक्षाप्रेमी गुरुहरु, प्रधानाध्यापक र राजनीतिक नेतृत्वसँग पनि यो कुरा राख्ने गरेको छु । शिक्षामा अलि विकास गर्नुपर्छ । त्यहीकारणले द्वन्द्व, भीडन्तका घटनाहरु भएका हुन् कि जस्तो लाग्छ । समग्र विकासको लागि जिल्ला शिक्षा योजना गएको शैक्षिक सत्रमा बनाएका थियौं । त्यो जिल्ला शिक्षा योजना हालैमात्र पुनरावलोकन गर्न र त्यही अनुरुप आगामी बर्ष २०६८।६९ को लागि बार्षिक कार्यक्रम निर्माण गर्ने चरणमा छौं । अर्कोतर्फ आर्थिक बर्ष २०६७।६८ को कार्यक्रम भर्खरै प्राप्त भएको भएपनि गत हप्ता नै हामीले कार्यक्रम प्रबोधीकरण गर्नको लागि सबै सरोकारवालाहरुलाई निम्त्याएर कार्यक्रम सम्पन्न गरेका छौं । वहाँहरुको सल्लाह सुझावलाई लिएर जिल्ला शिक्षा कार्यलयको बैठक बसी यो कार्यक्रम वितरणको लागि तयारी गरिराखेका छौं ।
 अन्तमा केही ?
 जिल्ला शिक्षा अधिकारीको हैसियतले धादिङ जिल्लाको समग्र शैक्षिक क्षेत्रको नेतृत्व गर्नुपर्ने मेरो जिम्मेवारीलाई स्वीकारेर म रातदिन लागिरहेको छु । सम्पूर्ण सरोकारवालाहरुसँग प्रत्यक्ष यो कुरा राख्ने गरेको छु । आफ्नो तर्फबाट हामीले केही गरेर देखाउनुपर्छ भन्ने लाग्छ ।
 देश र समुदायको विकासको लागि ड्राइभरको भूमिका निर्वाह हुने शिक्षा क्षेत्र हो । त्यसैले शिक्षा क्षेत्रमा लागेकाहरुले दिलोज्यानले पूरै समय शिक्षा क्षेत्रमा लाग्नुपर्छ ।
र, हामीले दिनसक्ने शिक्षासम्बन्धी जे कुरा छन्, त्यसलाई कञ्जुस्याई नगरी दिनुपर्छ भन्ने लाग्छ ।
(प्रस्तुती, फोटो : नारायण सिलवाल2067.10.12)
 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika