माघ २ गते /
चितवन महोत्सवको विशेषता ,कतै मुर्ती मान्छे जस्ता कतै मान्छे मुर्ती जस्ता चितवन महोत्सव आइतबारबाट सुरु भएको छ । माघ ४ गतेसम्म चल्ने यो महोत्सवमा चितवन नियाल्न पाइन्छ । चितवनका धेरै कुरा महोत्सवमा सामेल भएका छन् । वि.स. २०५३ सालदेखि प्रत्येक दुई-दुई वर्षको फरकमा हुँदै आएको चितवन महोत्सवमा नयाँ कुरा भेटिन्छ यस पटक चितवन महोत्सव हेर्न जानेहरु झुक्किने अवस्था छ । हेर्नेहरुले सुरुमा मान्छे ठानेको कुरा मुर्ती हुने छ र मुर्ती ठानेको कुरा साच्चिकै मान्छे हुने छ । चितवन महोत्सवको डेरी परिसरमा आधुनिक गोठको नमुना छ । गोठ भित्र गाई छ, बाच्छो र अनि दुहुँदै गरेका बाजे पनि छन् । गाई, बाच्छो र बाजे सुरुमा झट्ट हेर्दा साच्चिकै जस्ता देखिन्छन् । अझ बाजे त मुर्ती मात्रै हुन भनेर खुट्याउन निकै बेर नियाल्नु पर्छ । भरतपुरको गोन्द्राङमा निकै वर्षदेखि विश्वकर्मा बाबा र सरस्वती माताको मुर्ती बनाउँदै आएका दुईजनाले यो तयार पारेका रहेछन् । खुवी तारिफ योग्य छ ।