“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।
Showing posts with label नुवाकोट. Show all posts
Showing posts with label नुवाकोट. Show all posts

Wednesday, January 26, 2011

साततले दरबार अब नुवाकोट सङ्ग्राहलय

रामहरि गजुरेल नुवाकोट, माघ १२ गते ।
पर्यटन वर्ष २०११ लाई लक्षित गरि नेपालकै ऐतिहासिक महत्व बोकेको नुवाकोटको साततले दरबारलाई राष्ट्रिय संग्रहालय बनाइने भएको छ । चार वर्षदेखि पर्यटक र सर्वसाधारणका लागि बन्द गरिएको नवाकोट दरबारलाई राष्ट्रिय संग्राहलयको रुपमा सञ्चालन गर्न लागिएको हो । गणतन्त्रको घोषणा संगै गृह मन्त्रालयको आदेशमा बन्द भएको सो दरवार नुवाकोट सङ्ग्राहलय घोषणा गरी पुस १५ गतेदेखि सर्वसाधारणका लागि खुल्ला गर्ने तयारीसमेत भैरहेको छ ।

Wednesday, January 19, 2011

चालक र बसलाई फुलमालाले स्वागत

रामहरि गजुरेल नुवाकोट, माघ ५ गते 
भौगोलिक रुपमा विकट मानिएको नुवाकोटको शिखरवेसी गाविसका स्थानिय युवाहरुले आफ्नै लगानी र सक्रियतामा मोटरबाटो निर्माण गरि गाउँमा बस पुर्‍याएका छन् । मोटरबाटो निर्माणपछि पहिलोपटक गाउँमा पुगेको बस र चालकलाई स्थानीयवासीले फुलमाला, बाजागाजा र अविरले स्वागत गरेका छन् ।
 शिखरवेशी गाविस वडा नं. ५ मिश्रभन्ज्याङदेखि काफ्ले-चनौटे-लप्सीमुहान हुँदै शिखरवेशी गाविसकै वडा नं. ६ कुवाचौरसम्म तीन किलोमिटर लामो मोटरबाटो निर्माण भएको हो ।

Saturday, January 15, 2011

स्पेनको बुल फाइटु सम्झाउने, तारुका गाउँको गोरुजुधाइ

कपिलदेव खनाल
स्टार स्पोर्टस, टेन स्पोर्टसलगायतका विदेशी खेलकुद टेलिभिजन च्यानलहरूमा स्पेनको राष्ट्रिय खेल बुल फाइटु हेर्दै आएका नेपालीलाई नेपालमा पनि हरेक वर्ष साँढे -गोरु० जुधाई प्रतियोगिता हुन्छभन्दा अचम्म लाग्नसक्छ ।
नुवाकोट तारुका माघ २ हिजो /
गाउँका अजङ्ग साँढेहरू जम्मा पारेर बाजी थाप्दै जुधाइने यो प्रतियोगितालाई नुवाकोट जिल्लाको तारुका गाउँ विकास समितिले सय वर्षभन्दा लामो समयदेखि निरन्तर आयोजना गर्दै आइरहेको छ ।
बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह वि.स. १९७८ सालमा नुवाकोटको तारुका-५ चन्दनीस्थित मामाघर आउँदा भानिजलाई मनोरञ्जन दिन उनका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा आयोजना गराएका थिए । यही परम्परा अन्ततः वरपरको गाँउलेहरूको लागि पनि मनोरञ्जनको माध्यम र खेल जात्रा बनेको हो ।

Monday, January 10, 2011

संविधानमा प्रेस स्वतन्त्रता र पेशागत

रामहरि गजुरेल विदुर, पुस २६ गते ।
देशमा घोषित मितिमै नयाँ संविधान निर्माण गरिनर्ुपर्ने र त्यसमा प्रेस स्वतन्त्रता र पेशागत सुरक्षाको अनिवार्य उल्लेख गरिनुपर्ने सरोकारवालाहरुले माग गरेका छन् । देशमा पछिल्लो समय दण्डहिनता बढ्दै गएको र यसले पूण प्रेस स्वतन्त्रता प्राप्त हुन नसकेको जनाउँदै नयाँ संविधानको प्रस्तावनामै पूण प्रेस स्वतन्त्रता र पेशागत सुरक्षा उल्लेख गरिनुपर्न प्रेस चौतारीद्वारा सोमबार नुवाकोटको विदुरमा आयोजित कार्यक्रममा सहभागीहरुले वताएका हुन् ।
 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika