
आज भन्दा ठिक एक महिना पहिला धादिङबेसीमा ४ जनाको अपरिचित टोली देखा प¥यो । उनीहरु अब मे २१ पृथ्वी ध्वस्त हुदैछ सच्चा क्रिस्चियनहरु मरे नि बाँचे नि परमात्मासँग बस्न पाउने छन् । क्रिचियनको प्राथना गरौ भन्दै रहेछन् संयोगले मा रेडियोको काम सकेर बाहिर निस्केको त उनहिरु रेडियोका स्टाफ सँग पत्याउन आग्रह गर्दै थिय । मेरा साथीहरु खै, के, खै के दोधारमा देन्खिन्थे । न्युज डेस्टका रामचन्द्र, मार्केटीङका ठाकुर लेखाकी दुर्गा, कार्यालय सहायक अशोक हामी सबैले प्राथना जस्को गरे पनि पृथ्वी ध्वस्तको भ्रम छर्ने शन्देस लिएर नहिड्नु भनेर फर्काएका थियौ । उनीहरु समचार संप्रेसणको सहयोग माग्न आएका थिय । हामीलाई बुझ।उन नसके पछि बटो लागेका उनीहरु धादिङबेसीमा केहि समय बसे तर हामी सँग भेटहुँदा समेत बोलेनन् । पुछार बजारमा कोठा लिएर बसेका भनिएका उनीहरुलाई हिजो दिन भर भेट्ने कोसिस पनि गरीयो तर भेटिएनन् । धादिङबेसीमा झुन्ड्याइएको माथिको भ्रम पुर्ण होडिङ बोर्ड नत स्थानियबासिले फ्याँके न त प्रशासनले हटाएको थियो । हिजो जस्तो गरी थियो । आज पनि त्येसै गरी झुन्डीरहेको छ ।
चाहिँ परमात्माले पृथ्वीलाई ध्वस्त पार्नेछन्।
यस्तो वाहियात भविष्यवाणी अमेरिकाको क्यालिफोर्नियामा मुख्य कार्यालय भएको क्रिस्चियन रेडियो नेटवर्क फेमिली रेडियोका संस्थापक ८९ वर्षका बूढा हारोल्ड क्याम्पिङले फैलाइरहेका थिए। छेवैको सूचना उनैको वेबसाइटमा राखिएको नेपाली भाषाको वाहियात प्रचारको एक अंश थियो। केही उपबुज्रुकहरुले नेपालमा पनि त्यस्तो हल्ला फैलाउन मद्दत गरिरहेका थिए। काठमाडौँ लगायत विभिन्न सहरमा यस्तो वाहियात भविष्यवाणीसहित त्रास फैलाउने होर्डिङ बोर्डहरु झुण्ड्याइएका थिए। इन्टरनेटमा पनि भक्कु विज्ञापन हालेका थिए उनीहरुले। तर पहिलेका अनेकौँ भविष्यवाणी जस्तै उनको यो भविष्यवाणी पनि व्यर्थ साबित भयो। एसियाबाट सुरु हुने भनिएको भूकम्प यहाँका कुनै देशमा गएन। “Judgment Day May 21, 2011, the Bible guarantees it!” भन्दै अफवाह फैलाएर फटाहा मोराले आफूलाई त झुटा साबित गराए नै, बाइबललाई समेत झुटो बनाइदिए।
No comments:
Post a Comment