“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Saturday, May 21, 2011

धादिङमा पहिलो पटक दुग्ध मेला ०६८ आजबाट सुरु

धादिङबेसी जेष्ठ ८/  दुग्ध जन्य पदार्थको उत्पादन विस्तर गर्ने र प्रचार–प्रसार गर्ने उद्देश्यले आजदेखि धादिङबेसीमा दुग्ध मेला २०६८ सुरु हुँदै छ । मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
धादिङ उद्योग वाणिज्य संघ, जिल्ला विकास समिति धादिङ र फोकस नेपलको संयुक्त आयोजनामा सञ्चालन हुने मेलाको तयारीका कामहरु सकिएको धादिङ उद्योग वाणीज्य संघका कार्यसमिति सदस्य राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । धादिङ उद्योगा वाणिज्य संघको प्राङ्गगणमा सञ्चालन हुने मेलामा २० वटा स्टल रहने श्रेष्ठले बताउनु भयो । मेलामा प्रदर्शनीको लागि २ वटा उन्नत जातको गाई समेत राखिने भएको छ । आज र भोली सञ्चालन हुने मेलाको आज बिहान ११ बजे धादिङ क्षेत्र नं. १ का सभासद पुष्प विक्रम मल्लले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मेलाको अन्तिम दिन भोली दुग्धजन्य पदर्थ उत्पादनमा देखिएका चुनौतीहरुको विषयमा छलफल गर्न अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको आयोजकले बताएको छ ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika