“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Saturday, January 15, 2011

चितवन महोत्सव सकिन अब २ दिन बाँकी महोत्सवमा पुरै चितवन नियाल्न सकिने



माघ २ गते /
चितवन महोत्सवको विशेषता ,कतै मुर्ती मान्छे जस्ता कतै मान्छे मुर्ती जस्ता चितवन महोत्सव आइतबारबाट सुरु भएको छ । माघ ४ गतेसम्म चल्ने यो महोत्सवमा चितवन नियाल्न पाइन्छ । चितवनका धेरै कुरा महोत्सवमा सामेल भएका छन् । वि.स. २०५३ सालदेखि प्रत्येक दुई-दुई वर्षको फरकमा हुँदै आएको चितवन महोत्सवमा नयाँ कुरा भेटिन्छ यस पटक चितवन महोत्सव हेर्न जानेहरु झुक्किने अवस्था छ । हेर्नेहरुले सुरुमा मान्छे ठानेको कुरा मुर्ती हुने छ र मुर्ती ठानेको कुरा साच्चिकै मान्छे हुने छ । चितवन महोत्सवको डेरी परिसरमा आधुनिक गोठको नमुना छ । गोठ भित्र गाई छ, बाच्छो र अनि दुहुँदै गरेका बाजे पनि छन् । गाई, बाच्छो र बाजे सुरुमा झट्ट हेर्दा साच्चिकै जस्ता देखिन्छन् । अझ बाजे त मुर्ती मात्रै हुन भनेर खुट्याउन निकै बेर नियाल्नु पर्छ । भरतपुरको गोन्द्राङमा निकै वर्षदेखि विश्वकर्मा बाबा र सरस्वती माताको मुर्ती बनाउँदै आएका दुईजनाले यो तयार पारेका रहेछन् । खुवी तारिफ योग्य छ ।
डेरी परिसरबाट अगाडी बढ्दै जाँदा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको स्टल आउँछ । देवीले दानवलाई भुईमा लडाएर छातीमा त्रिशुल हानेको दृश्य छ त्यहाँ । दुरुस्त देखिन्छ सवै कुरा । खाली देवीको बाघ मात्रै छुटिन्छ । अघि डेरीमा गाई र ग्वालाको मुर्ती जस्तै यहाँ पनि कलाकारले निकै मिहेनत गरेर मुर्ती बनाएछ भन्ने लाग्छ सवैलाई । तर जव देवीकॊ आँखाको परेला चल्छ अनि मान्छे झुंग हुन्छ । त्यसपछि स्वास फेरेको पनि चाल पाइन्छ । तर अरु सवै कुरा स्थीर छ मुर्ती जस्तै ।उता डेरी परिसरमा मुर्ती साच्चिकै मान्छे बनेर बसेको छ । यता ब्रह्मकुमारीमा मान्छे मुर्ती बनेर । जे जस्तो भए पनि दुवैमा मान्छेको खुवी प्रकट भएको छ

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika