'पौष १६ गते /
नेपालको शान्तिप्रक्रियाले कहिलेसम्म पर्ूण्ाता पाउँछ भन्ने सोल्हेमको जिज्ञासामा प्रधानमन्त्री नेपालले दलहरुबीच सहमतिको प्रयास भइरहेकोले छिटोभन्दा छिटो मुलुकले निकास पाउने र शान्तिप्रक्रियाले पर्ूण्ाता पाउने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालका अनुसार नर्बेका वातावरण तथा अन्तराष्ट्रिय विकासमन्त्री सोल्हेमले नेपालको शान्तिप्रक्रियालाई र्सार्थक निष्कर्षा पुर्याउन कुनै सहयोग आवश्यक भए आफ्नो देश भूमिका निर्बाह गर्न तयार रहेको बताउनुभएको थियो ।
प्रधानमन्त्री माधबकुमार नेपालले एकीकृत नेकपा माओवादीलाई विश्वास गरे चार दशकसम्ममा पनि जनमुक्ति सेनालाई विशेष समिति मातहत ल्याउन नसकिने बताउनु भएको छ । नेपालको शान्तिप्रक्रियाप्रति चासो देखाउँदै आएका नर्बेका वातावरण तथा अन्तराष्ट्रिय विकासमन्त्री एरिक सोल्हेमसँगको कुराकानीमा प्रधानमन्त्री नेपालले माओवादीको भनाई र गर्राईमा अन्तर हुने भएकोले विश्वास गर्न नसकिएको बताउनुभयो । आधा घण्टासम्म चलेको टेलिफोन बार्तामा प्रधानमन्त्री नेपालले पहिले आफैले गरेको सहमतिविपरित माओवादीले अनमिनको म्याद थप्न खोजेको टिप्पणी गर्नुभयो ।

No comments:
Post a Comment