“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Friday, December 31, 2010

तमलोपा फुट्यो/महेन्द्र रायको नेतृत्वमा तमलोपा नेपाल गठन

तर्राई मधेश लोकतान्त्रिक पार्टी विभाजित भएको छ । उद्योगमन्त्रीसमेत रहेका महामन्त्री महेन्द्रराय यादवको नेतृत्वमा ९ जना सभासद्हरुले पार्टी परित्याग गरी 'तर्राई मधेस लोकतान्त्रिक पार्टी -नेपाल) गठन गरेका छन् ।
तमलोपाबाट व्रि्रोह गर्नेहरुमा अरविन्द शाह, दानबहादुर चौधरी, रमणि राम, गोविन्द चौधरी, सुमित्रादेवी राय यादव, उर्मिला महतो कोइरी, सलाउद्धिन मुसलमान र चन्दन शाह रहेका छन् ।
संस्थापन पक्षसँग असन्तुष्ट सभासदहरुले आज विहान सभामुख सुवास नेम्वाङलाई भेट गरी दल त्याग गरेको पत्र बुझाएका छन् । कुनै पनि पार्टीको संविधानसभामा रहेको संख्याको ४० प्रतिशत सभासद अलग हुन चाहेमा मान्यता दिने प्रावधान छ ।
उद्योग मन्त्रालयमा आज विहान आयोजित पत्रकार सम्मेलनमा नयाँ पार्टीका संयोजक यादवले नयाँ पार्टी दर्ताको लागि छिट्टै निर्बाचन आयोगमा निवेदन दिने जानकारी दिनुभयो । यादवले पार्टीको विधानप्रति असन्तुष्टि जनाउँदै नयाँ पार्टी गठन गरिएको बताउनुभयो । तमलोपाका अध्यक्ष महन्थ ठाकुरको आत्मकेन्द्रित चिन्तन रहेको र एकल नेतृत्व मार्फ पार्टी चलाउन खोजेको उहाँले आरोप लगाउनुभयो ।
पार्टीलाई सामुहिक नेतृत्वमा लानु पर्ने आफूहरुको १० महिनायताको मागमा अध्यक्ष ठाकुर गम्भीर नदेखिएको यादवको भनाई छ ।
तर्राईको मुद्दा उठाउँदै तीन वर्ष अघि तमलोपाको जन्म भएको थियो । नयाँ पार्टीका संयोजक यादव नेकपा एमाले परित्याग गरी तमलोपामा प्रवेश गर्नु भएको थियो ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika