गुल्मी जिल्लाको जेठो क्याम्पस रेसुङ्गा बहुमुखी क्याम्पसमा बुधबार भएको घटनाको चौतफी बिरोध भएको छ ।
क्याम्पसको २६ औं वाषिर्कोत्सवको अवसर पारेर संचालक समितिले क्याम्पस स्थापना र संचालनका लागि महत्वपर्ूण्ा योगदान पुर्याउने स्वर्गीय परमानन्द भण्डारीको शालिक अनावरण गर्न थालेपछि नपाल बिद्यार्थीसंघका विद्यार्थीले क्याम्पस सञ्चालक
समितीका अध्यक्ष नन्दराम भुसाल माथी हातपात तथा शालिक तोडफोड गर्ने जस्तो निन्दनीय कार्यको बिहीबार एक प्रेस बिज्ञप्ती निकालेर जिल्लामा क्रियाशिल नेपाली काग्रेस बाहेक अन्य राजनितीक दलहरुले घटनाको घोर भर्त्सना र निन्दा गरेका छन ।
समितीका अध्यक्ष नन्दराम भुसाल माथी हातपात तथा शालिक तोडफोड गर्ने जस्तो निन्दनीय कार्यको बिहीबार एक प्रेस बिज्ञप्ती निकालेर जिल्लामा क्रियाशिल नेपाली काग्रेस बाहेक अन्य राजनितीक दलहरुले घटनाको घोर भर्त्सना र निन्दा गरेका छन ।
एकीकृत नेकपा माओवादीका जिल्ला इन्चार्ज अटल, नेकपा एमालेका जिल्ला अध्यक्ष बोम बहादुर खड्का ,राष्ट्रिय जनमोर्चाका प्रतिनीधी कमल अर्याल, नेकपा मालेकी प्रतिनिधी निर्मला पोखरेल द्धारा हस्ताक्षरीत बिज्ञप्तीमा उक्त निन्दनीय र दुःखद घटना नेपाल बिद्यार्थी सघंको नाममा आफ्ना आखाँ अगाडि भईरहदा नेपाली काग्रेसका जिल्ला सभापती लगायतका नेताहरु, क्याम्पस प्रशासन र प्राध्यापकहरु मैान रहेकाले उक्त घटना नियोजित ढङले घटाइएको समेत बिज्ञप्तीमा उल्लेख गरिएको छ । साथै विज्ञप्तीमा घटनामा सग्लन ब्यक्तिलाई कडा कार्वाही गर्न समेत सम्बद्ध पक्षसगँ माग गरिएको छ ।
बुधबार शालिक अनावरण गर्ने क्रममा विवाद बढेपछि क्याम्पसमा तनाव शुरु भएको थियो । विवादका कारण क्याम्पसको २६ औं क्याम्पस सभा समेत बिथोलिएको छ ।
विवादपछि शालिक तोडफोड भएको छ भने सचालक समिति अध्यक्ष नन्दराम भुसालले बुधबार नै राजिनामा दिएका थिए । अध्यक्ष भुसालले क्याम्पसमा गुण्डागर्दी बढेको र त्यस्तो अवस्थामा चन्दा दाता एवं सहयोग गर्ने महानुभावहरुको सम्मान गर्न नसकिने भन्दै अध्यक्ष पदबाट राजिनामा दिएको बताएका छन । स्वर्गीय परमानन्द भण्डारीले क्याम्पस स्थापनाका लागि सदरमुकाम तम्घासमा ५ रोपनी भन्दा बढी जग्गा प्रदान गरेको, क्याम्पसमा ४ लाख भन्दा बढीको अक्षयकोष स्थापना गरेको र जिल्लाको शिक्षा विकासका लागि महत्वपर्ूण्ा योगदान पुर्याएको सम्मान स्वरुप क्याम्पस संचालक समितिले क्याम्पस प्राङ्गणमा भण्डारीको अर्धकदको शालिक राख्ने निर्ण्र्ाागरेको थियो । स्वर्गीय भण्डारीले जिल्लाका धुर्कोट बहुमुखी क्याम्पसमा १० लाख सहयोग तथा अक्षयकोष, हिमालय उच्च मावि धुर्कोट, पाञ्चायन उच्च मावि जैसिथोक, इन्दिरा मावि धुर्कोट रजस्थल, धुर मावि धुर लगायत एक दर्जन विद्यालय र संघ संस्थाहरुमा लाखौं मुल्यको अक्षयकोष तथा आर्थिक सहयोग गरेका छन् । रेसुङ्गा क्याम्पस नीजि स्तरको जिल्लाकै पहिलो बहुमुखी क्याम्पस हो ।
त्यस्तै अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले पनि विज्ञप्ती जारी गर्दै शालिक तोडफोड गर्ने र संचालक समितिका अध्यक्ष माथि हातपात गर्ने विद्यार्थीहरुलाई कारवाहीको माग गरेका छन् । तोडफोडमा संलग्न विद्यार्थीको कारवाही नभएसम्म क्याम्पसमा अनिश्चितकालित तालाबन्दी गरिएको समेत संगठनले विज्ञप्ती मार्फत जनाएका छन् । अनेरास्ववियूका क्याम्पस इन्चार्ज ओम कार्की र अनेरास्ववियू क्रान्तिकारी अध्यक्ष घनश्याम खरेलले जारी गरेको विज्ञप्तीमा चालु स्नातक दोस्रो वर्षो परिक्षा संचालन हुन दिने गरी क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी गरिएको उल्लेख छ । नेविसंघले भने संचालक समितिले छलफल बिना नै एक जना व्यक्तिको मात्र शालिक अनावरण गर्न लागेकाले विरोध गरिएको जनाएको छ । यता प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक पदम प्रसाद सुबेदीकै अगाडि घटेको घटनालाई पकृया अनुसार कारवाही गरिने बताउनु भएको छ ।

No comments:
Post a Comment