“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Thursday, December 30, 2010

बरामद गरिएको लाखौ मुल्य बराबरको अवैध सामान र्सार्वजनिक

नवलपरासी, १५ पुस
भारतबाट भन्सार छलेर ल्याएका लाखौ मुल्य बराबरको सामान विहीबार शसस्त्र प्रहरी सिमा सुरक्षा बल नवलपरासीले सार्वजनिकनिक गरेको छ । बुधबार साँझ नवलपरासीको सीमावर्ती क्षेत्र हुदै नेपाल ल्याउन लागिएको अवैध सामान शसस्त्र प्रहरीको गस्ती टालीले बरामद गरेको थियो ।
बरामद गरिएको सामानमा मेसिनरी पार्टपुर्जा, हेन्ड पाइपका सामान, स्टीलका भाडा, फोटोकपी पेपर र लत्ताकपडा लागायतका रहेका छन् । नवलपरासीको विभिन्न नाका हुदै अवैध रुपमा नेपाल भित्राउदै गर्दा सेमरीको गोपीगंजबाट सामान पक्राउ गरिएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल परासीका प्रहरी उपरीक्षक मधु गडतौलाले बताए । पक्राउ गरिएको सामान र्सार्वजनिक गर्दे उपरीक्षक गडतौलाले भारतसंगको खुल्ला सिमानका कारण अवैध सामानहरु नेपाल भित्रिने गरेकोले सिमा क्षेत्रमा प्रहरिको निगरानी बर्ढाईएको जानकारी दिए ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika