“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Wednesday, January 5, 2011

माओवादीको केन्द्रीय समिति बैठक सम्पन्न, जनविद्रोहको कार्यदिशा तय

पुष २१, जनविद्रोहको कार्यदिशा तय गर्दै एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक आज 
सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालयमा दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल ँप्रचण्ड’ले बरिष्ट उपाध्यक्ष मोहन वैद्य ँकिरण’को प्रतिवेदनलाई समेत समेटेर पेश गरेको प्रतिवेदन पारित गरेको हो । शान्ति र संविधानको लागि अधिकतम पहल गर्ने र अवरोध भए जनविद्रोहमा जाने माओवादीले जनाएको छ ।
यसअघि स्थगित प्रशिक्षण आउँदो माघ ३ गतेदेखि सुरु गरेर १७ गतेसम्ममा सक्ने निर्णय भएको छ । प्रवक्ता दीनानाथ शर्माका अनुसार माघ तीन गते नेवाः र तामसालिङ राज्यसमितिका कार्यकर्ताहरुको संयुक्त प्रशिक्षण काठमाडौंमा हुने छ । यसैगरी ५ गते तमुवान राज्य समितिको पोखरामा, ७ गते मगरातको दाङमा र ९ गते भेरी र कर्णालीको सुर्खेतमा प्रशिक्षण हुने छ ।
यस्तै ११ गते सेती-महाकाली र थारुवानको कैलालीमा, १३ गते अवध को बुटवलमा, १५ गते मिथिला र भोजपुराको जनकपुरमा र १७ गते कोचिला र लिम्बुवानको झापाको दमकमा प्रशिक्षण हुने माओवादीले जनाएको छ । किरात तथा प्रवास राज्य समितिका जिल्लाहरूको प्रशिक्षण भने सम्बन्धित राज्य समितिले व्यवस्थापन गर्ने गरी तोकिएको छ । प्रशिक्षणको क्रममा उपाध्यक्ष डा। बाबुराम भट्टराइको फरक प्रतिवेदनमा पनि छलफल चलाउने बैठकले निर्णय गरेको छ । तत्कालिन कार्यनीतिसँग सम्बन्धित मतभेदहरूलाई आन्तरिक प्रकाशन ँविचारधारा’ नामक विचार प्रधान पत्रिका मार्फत् पार्टी पङ्क्तीमा प्रवाहित गर्ने बैठकले निर्णय गरेको छ । माओवादीले प्रशिक्षणलाई संघर्षको पूर्व तयारी भनेको छ । यसका लागि बरिष्ट उपाध्यक्ष मोहन वैद्य किरण’लाई सङ्गठनको इन्चार्ज र नेत्रविक्रम चन्द ँविप्लव’लाई युवाहरुको नेतृत्वको जिम्मा दिइएको छ । अन्य नेताहरुको जिम्मेवारी भने यथावत राखिएको छ । कार्यविभाजनको अन्तिम टुङ्गो लगाउने अधिकार भने स्थायी समितिलाई दिइएको छ ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika