नुवाकोट, पुस २१ गते ।
आदिवासी जनजाति महिलाहरुको वास्तविक तथ्यांकको लागि नुवाकोटको विभिन्न चार गाविसमा अनुगमन सम्पन्न भएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले क्षेत्र नं. १ र ३ को चार गाविसमा आदिवासी जनजाति महिलाहरुको अवस्थाका बारेमा स्थलगत अनुगमन गरेको हो । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ नुवाकोटको सहयोगमा मञ्चकी प्रशिक्षण अधिकृत यशोकान्ति भट्टचनलगायतको टोलीले मदानपुर, किम्ताङ, बुङताङ र मनकामना गाविसमा अनुगमन गरेको हो ।

No comments:
Post a Comment