पुष १२ धादिङ / ६० थान रक्तचन्दन सहित एउटा डिब्बावाला ट्रक गएराती १२ वजे वाइसिएलले रक्त चन्दन सहितको ट्रक नियन्त्रणमा लिई प्रहरीलाई बुजाएको छ । पश्चिम नेपालबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ३ ख ७९१३ नं. को ट्रकमा राखेर रक्तचन्दन ल्याइँदै थाहा पाए पछि वाईसिएल धादिङले उक्त रक्त चन्दन बोकेको ट्रकलाई नियन्त्रणमा लिई प्रहरीलाई बुजाएको वाइसिएल धादिङका सदस्य अमृत तामाङले बताए । तत्पस्चात उक्त ट्रकमा गजुरी प्रहरीले चेक जाँच गर्दा सो परिमाणमा रक्तचन्दन फेला परेको थियो ।
ट्रकलाई पार्टेसन गरी इँट्टामा लुकाएर ल्याइएको रक्तचन्दन र ट्रक अहिलेगजुरी प्रहरीको नियन्त्रणमा रहेको छ । ट्रकका चालक भने फरार रहेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

No comments:
Post a Comment