“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Wednesday, January 26, 2011

राम्रो आयआर्जनको माध्यम बन्दै माछापालन व्यवसाय

नवलपरासी, १२ माघ / माछापालन व्यवसाय आयआर्जनको राम्रो माध्ययम बनेपछि नवलपरासीमा माछा पालन व्यवसायतर्फकृषकहरु आकषिर्त हुंदै गएका छन् ।
जिल्लामा एक हजार ३३ कृषक परिवारले तीन सय ७० हेक्टर क्षेत्रफलमा माछापालन गरिरहेको जिल्ला कृषी विकास कार्यालय नवलपरासीका मच्छ्से विकास अधिकृत ज्ञाननीधि लोहनीले बताउनुभयो ।
लोहनीका अनुसार यस बर्षजिल्ला भरीबाट आठ सय मेटिक टन माछा उत्पादन भएको छ । माछा पालन व्यवसायी अति सरल र मुनाफामुखी व्यवसाय भएकोले कृषकहरु माछापालन व्यवयासतर्फकृषकहरुको आकर्षा बढेको अधिकृत लोहनीले बताउनुभयो ।
माछापालनबाट लगानीको दोब्बर आम्दानी हुनेगरेको कृषकहरु बताउंछन् । नवलपरासीको पिठौली-३ मा करिब १ हेक्टर क्षेत्रफलमा माछापालन र माछाको नर्सरी उत्पादन गरिरहेका कृषक कृष्ण गुरौंले बाषिर्क ४ लाख आम्दानी हुने गरेको बताउनुभयो ।
त्यसैगरी प्रगतिनगर-१ दलदलेमा साढे तीन विगाहा क्षेत्रफलमा माछा पालन गरेका श्याम श्रेष्ठले पनि माछापालनबाट राम्रो आम्दानी हुने गरेको बताउनुभयो । श्रेष्ठ नवलपुर माछापालन व्यवसायी कृषक समूह नवलपुरका अध्यक्ष समेत हुन् ।
श्रेष्ठका अनुसार माछापालक कृषकहरुलाई माछा विक्रीको लागि बजारको समेत समस्या छैन । नवलपुर क्षेत्रका कृषकहरुले उपभोक्ताहरुलाई ताजामाछा उपलब्ध गराउनका लागि कावासोतीमा सामुहिक रुपमा माछा पसल समेत खोलेका छन् ।
त्यसैगरी जिल्लामै दर्ुइ वटा माछाको भुरा उत्पादन गर्ने ह्याचरी समेत रहेको अधिकृत ज्ञाननीधि लोहनीले बताउनुभयो । लोहनीका अनुसार पाल्ही-१ म्ा कृषक अम्रिस पटेलले पटेल मच्छ्से प्रजनन केन्द्र र पाल्ही-२ मा साहनी मच्छ्से प्रजनन केन्द्र सञ्चालन गरेका छन् ।
जिल्लामा कमन कार्प, विगहेड कार्प, सिल्भर कार्प, माकुर, रहु, नैनी र ग्रास कार्प गरी सात प्रजातिका माछाका भुरा उत्पादन हुने गर्दछन् ।
कृषकहरुको माग र माछाका पारखीहरुका लागि ध्यानमा राखेर जिल्ला कृषि विकास कार्यालय नवलपरासीले यस बर्ष८ हेक्टर क्षेत्रफलमा थप माछा पालनका लागि पोखरी खन्ने कृषकहरुलाई अनुदान दिन लागेको लोहनीले बताउनुभयो ।। लोहनीका अनुसार त्यसैगरी साना किसान तथा समूह बनाएर माछा पालन गर्ने किसानहरुलाई पनि भुरामाछा ढुवानीमा अनुदान दिने गरेको छ ।
लोहनीका अनुसार जिल्लामा अहिले दर्ुइ सय ४५ हेक्टर पोखरी र एक सय २५ हेक्टर घोल गरी दर्इ सय ७० हेक्टर क्षेत्रफलमा माछा पालन हुने गर्दछ ।
रामकुमार श्रेष्ठ ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika