रामहरि गजुरेल नुवाकोट, माघ १२ गते ।
पर्यटन वर्ष २०११ लाई लक्षित गरि नेपालकै ऐतिहासिक महत्व बोकेको नुवाकोटको साततले दरबारलाई राष्ट्रिय संग्रहालय बनाइने भएको छ । चार वर्षदेखि पर्यटक र सर्वसाधारणका लागि बन्द गरिएको नवाकोट दरबारलाई राष्ट्रिय संग्राहलयको रुपमा सञ्चालन गर्न लागिएको हो । गणतन्त्रको घोषणा संगै गृह मन्त्रालयको आदेशमा बन्द भएको सो दरवार नुवाकोट सङ्ग्राहलय घोषणा गरी पुस १५ गतेदेखि सर्वसाधारणका लागि खुल्ला गर्ने तयारीसमेत भैरहेको छ ।
नेपाल पर्यटन वर्र्ष सफल बनाउन जिल्लामा रहेको महत्वपुर्ण सम्पदाहरु संचालनमा ल्याउन स्थानीयवासीको पहलमा पुरातत्व विभागले खुला गर्न लागेको हो ।
नुवाकोट सम्पदा संरक्षण मञ्च र दरबार हेरचाह कार्यालय नुवाकोटमा बसेको सर्वपक्षिय बैठकले यस्तो निर्णय गरेको हो । राष्ट्रिय पुरातत्व विभागका महानिर्देशक विष्णुराज कार्की, नुवाकोटका प्रमुख जिल्ला अधिकारी गोविन्दमणी भुर्तेल, दरबार कार्यालयका प्रमुख अर्जुन फुँयाल, विदुर नगरपालिकाका निमित्त कार्यकारी अधिकृत केशबबहादुर श्रेष्ठ, सम्पदा संरक्षण मञ्चका अध्यक्ष श्यामसुन्दर श्रेष्ठ लगायतको संयुक्त बैठक पश्चात नेपाल भ्रमण वर्ष २०११ लाई लक्षित गर्दै संग्राहलयमा रुपान्तरण गर्ने तयारी समेत तिव्र पारेको छ ।
यस अघि निःशुल्क प्रवेश गर्न दिइएको दरवारको अवलोकनका लागि अव सर्वसाधारणले शुल्क तिर्नु पर्ने भएको छ । सःशुल्क अवलोकन गर्न पाईने दरवारमा विद्यार्थीहरूका लागि शुक्रबार र शनिवार निःशुल्क र अन्य दिन दश रूपैयाँ लिने व्यवस्था गरिएको छ । नयाँ व्यवस्थाअनुसार नेपाली नागरिकका लागि २० रूपैया“, सार्क मुलुकका साथै चिनीयाँ नागरिकका लागि ५० रूपैयाँ र तेस्रो मुलुकका नागरिकका लागि एक सय रूपैयाँ प्रवेश शुल्क लिइने निर्णय भएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख अर्नुनप्रसाद फुयाँलले बताउनु भयो । अवलोकनबाट संकलन भएको रकम हालका लागि राष्ट्रिय राजश्वमा दाखिला गरिएपनि पछि दरवारको जिर्णोद्धार र भौतिक विकासमा खर्च गर्ने ब्यवस्था मिलाइने बताइएको छ ।
जिल्लाको महत्वपूर्ण सम्पदाको रूपमा रहेको साततले दरवार शाह वंशीय राजा पृथ्वीनारायण शाहद्धारा निर्मित दुईसय पचास वर्ष पुरानो हो । मुलुकमा संकटकाल लागु भए पछि सुरक्षाको कारण दरवार प्रवेशमा कडाई गरिएको थियो । पछि सर्वसाधारणको निशूल्क प्रवेश गर्न दरवार खुल्ला भएको थियो । तर गणतन्त्र घोषणा पछि नुवाकोटसहित देशका विभिन्न ६ वटा शाही कालिन दरवारहरूमा सर्वसाधारणको प्रवेश बन्द गर्न गृह मन्त्रालयले निर्देशन दिए पछि दरबारको ढोकामा सूचना टाँसेर प्रवेश निषेध गरिएको थियो । दरवार अवलोकनका लागि खुल्ला गर्नुपर्ने सर्वसाधारणको दवावपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले केही महिना अघिदेखि पहल सुरू गरेको थियोे ।
दरवारमा संग्राहलय स्थापना गरेपछि पृथ्वी नारायण शाहसंग सम्बन्धित सामग्रीहरू ल्याएर राखिने पुरातत्व विभागले जनाएको छ । सङ्ग्राहलयमा हनुमान ढोकामा राखिएको ढलौटबाट बनेको पृथ्वी नारायण शाहको सालिक, गोरखा दरबारमा रहेको खाट, छाउनी म्युजियममा राखिएको नुवाकोट दरबारका हातहतियार र नुवाकोटमै स्थापना गरिएको सङ्ग्रहालयका सामाग्री रहने छन् । तर हालका लागि तत्कालीन प्रयोजनका आधारमा सबै कोठामा क्याप्सन राखेर सङ्ग्राहलय उद्घाटन गर्ने तयारी भएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुनप्रसाद फुयाँलले बताउनुभयो ।
नुवाकोट सम्पदा संरक्षण मञ्चले दरबार परिसरको भैरवी मन्दिर अगाडि स्थापना गरेको संग्राहलयलाई थप व्यवस्थित गरेर दरवारमा राखिने भएको छ । मञ्चले २०५० सालदेखि संग्राहलय राख्न पहल गर्दै पुरातात्विक सामग्री सङ्कलन गर्न सुरू गरेको थियो । सरकारले नै सङ्ग्रहालय स्थापना गर्ने भए पछि आफ्नो संस्थाको अस्तित्व समेत कायम रहने गरी सङ्ग्राहलय हस्तान्तरण गर्ने तयारी भएको नुवाकोट सम्पदा संरक्षण मञ्चका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले बताउनुभयो ।
संग्राहलय घोषणा पछि हाल चालु रहेको दरवार अगाडिको बाटो बन्द गरी पर्खाल बाहिर बनेको बाटो सञ्चालनमा आउने छ । विस १८१६ मा निर्माण गरिएको दरवारमा १० कोठा छन् । दरबार परिसरमा विभिन्न शाहीकालीन र मल्लकालीन भवन तथा मन्दिरहरू छन् । सैनिक बस्ने गरेको गातघर, नाँचगान हुने रङ्ग महल र पल्लो डाँडाको तलेजु दरबार मल्लकालीन दरबार हुन् । त्यस्तै साततले दरबारको अघिल्तिर नारायण मन्दिर र विष्णु मन्दिर छन् ।
सङ्ग्राहलय खुल्ला भएपछि नुवाकोट आउने आन्तरिक तथा बाह्य पर्यटकहरू दरवार प्रवेश गर्न नपाई निराश भएर फर्कनु पर्नेछैन । अतः यसले नेपाल पर्यटन बर्ष २०११ को सफलताका लागि सहयोग पुग्ने विश्वास लिन सकिन्छ ।

No comments:
Post a Comment