माघ १२ गते / नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा यही माघ २०, २२ र २३ गते निर्वाचन हुने भएको छ ।
आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले एकैपटक तीन वटा निर्वाचन मिति तोकेको हो । पहिलो पटकमा प्रधानमन्त्री चयन नभए दोस्रो र तेस्रो पटक निर्वाचन गरिने छ ।

माघ १९ गते प्रधानमन्त्रीका लागि मनोनयन दर्ता गराईने छ । सभामुख सुवास नेम्वाङ्ले आजको संसद बैठकमा माघ २० गते १ बजे प्रधानमन्त्री निर्वाचनको मिति घोषणा गर्नुभएको हो ।
संसद नियमावलीमा संसोधन गरिएकोले अब मनोनयन दर्ता गराएका सबै उमेदवारलाई एकैसाथ निर्णयार्थ पेश गरिने छ । कुनै दलले निर्वाचन बहिस्कार नगरे बढिमा तीन पटकमा प्रधानमन्त्री चयन हुनेछ ।
नियम अनुसार सभासदले तटस्थ बस्न पाउने छैनन् भने सभामुखलाई पूर्वजानकारी नगराई अनुपस्थित हुन पनि पाईने छैन । निर्वाचनमा उपस्थित सभासदले कुनै उमेदवारको पक्षमा निर्वाचन गर्नुपर्ने बाध्यात्मक व्यवस्था रहेको छ ।

यसैबीच हिजैबाट अन्तरिम संविधानको धारा ३८ को उपधारा १ अनुसार सहमतीय आधारमा सरकार बनाउने समायावधि सकिएकाले अन्तरिम संविधानको धारा ३८ को उपधारा २ अनुसार बहुमतिय आधारमा सरकार गठन गठनका लागि राष्ट्रपतिले दलहरुलाई आह्वान गर्नुभएको छ । राष्ट्रपतिले संसदमा पठाउनु भएको पत्र सभामुख नेम्वाङले आजको संसद बैठकमा पढेर सुनाउनुुुभएको थियो ।
No comments:
Post a Comment