गोरखा,२४ पुस । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टर्राई स्वर्ण महोत्सव उद्घाटनका लागि आज गोरखा आउनुहुने भएको छ । आज साँझ सम्म गोरखा आइपुग्नुहुने भट्टराइले आइतवार गोरखा जिल्ला बक्राङ गा.वि.स.स्थित श्री महेन्द्र शक्ति माध्यमिक विद्यालयको स्वर्णमहोत्सव उद्घाटन तथा स्वर्ण महोत्सव स्मारिका विमोचन गर्नहुने भएको छ ।
त्यसैगरी सोही दिन फिनाम गा.वि.स. स्थित सरस्वती मा.वि. फिनामको स्वर्ण महोत्सव उद्घाटन गर्नुहुने भएको छ ।
बक्राङ गाविसमा उहाँले सामूहिक हत्याकाण्ड भएको स्थानको अवलोकन गर्नुहुने र सहिद परिवारसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापक रामप्रसाद पोखरेलले बताउनुभयो ।
नेपाल भरीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मध्ये सबैभन्दा कान्छा युवा अध्यक्ष रहेको श्री महेन्द्र शक्ति माध्यमिक विद्यालय बक्राङमा हुनस्वर्ण महोत्सवको लागि जिल्ला भरी विशेष महत्वका साथ लिइएको छ । स्वर्णमहोत्सवको तयारी पूरा भएको स्वर्णमहोत्सव मूल समितिका संयोजक राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो । वैज्ञानिक र व्यवहारीक शिक्षाको वकालत गर्नेहरु नै त्यो शिक्षाको पक्षमा नरहेको र गरिवीको निर्मूल भएको हर्न नचाहेकोले विद्यालयमा रहेर काम गर्न कठिन भएको उहाँले बताउनुभयो । बक्राङ गा.वि.स. वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९ र छिमेकी गा.वि.स. का विद्यालयका विद्यार्थीहरुले अध्ययन गर्ने सो विद्यालयमा दलित, जनजाति र ब्रम्हाण समुदायका बालबालिकाहरुले अध्ययन गर्दै आएका छन् । गोरखा
No comments:
Post a Comment