काठमाडौं, २४ माघ । नेपाल पत्रकार महासंघ जनदिशा दैनिक शाखामा सन्तोष पौडेलको नेतृत्वमा सात सदस्सिय नयाँ कार्यसमिति चयन भएको छ । आज भएको शाखाको अधिवेसनबाट सर्वसम्मतरुपमा चयन भएका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष अमृतराज उपाध्याय सचिवमा धनन्जय बुढा कोषध्यक्ष प्रकाश लामिछाने र सहसचिव फणिन्द्र फुँयाल रहनुभएको छ ।
अधिवेसनबाट चेतन कुँवर सावित्रा शर्मा र पुष्पराज आचार्य सभासदमा चयन हुनुभएको छ । अधिवेसनले देवकी तिमिल्सेना रामभक्त महर्जन सन्तोष पौडेल-ख र रेशम बिकलाई सदस्यमा चयन गरेको छ । उक्त अधिवेसनमा महासंघका केन्द्रीय प्रतिनिधिको रुपमा कुमार विवेकानन्दको उपस्थिती रहेको थियो ।
No comments:
Post a Comment