“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Tuesday, February 8, 2011

हिमालय उच्च माध्यमिक विद्यालय सिम्जुङ्ग ४ झ्यावा गोरखाको स्वर्ण महोत्सवको उद्घाटन राष्ट्रियगानका रचयिता व्याकुल माइलाले गर्नुभएको छ


गोरखा, २५ माघ । हिमालय उच्च माध्यमिक विद्यालय सिम्जुङ्ग ४ झ्यावा गोरखाको स्वर्ण महोत्सवको उद्घाटन राष्ट्रियगानका रचयिता व्याकुल माइलाले गर्नुभएको छ । आजबाट शूरु भएको सो महोत्सवको उद्घाटन व्यानर खोलेर र उनै रचयिताले रचेको राष्ट्रिय गान गाएर शूरु गरिएको हो ।
प्रमुख अतिथि राष्ट्रियगानका रचनाकार प्रदिपकुमार र्राई -व्याकुल माईला ले देशमा दिगो शान्ति नभएको चिन्ता प्रकट गर्नुहुँदै सबै नेताहरुलाई मिलेर अघि बढ्न आग्रह गर्नुभयो । शान्ति स्थापनका लागि जति ढिलो गर्‍यो शहीदका रगतले उती पोल्ने उहाँको भनाई थियो ।
राजनेताहरुको उदेश्य शहीदको सपना साकार पार्ने र समुन्नत नयाँ नेपाल निर्माण गरी असल राष्ट्र निर्माण गर्नु रहेको बताउनुभयो ।
दलगत र गुटगत स्वार्थ भन्दा माथि उठेर नेताज्यूहरुले जनताको भलाईको लागि काम गरिदिँदा दर्ुगम गाउँमा रहेका सबै बालबालिकाहरु र नेपालीहरुको भविष्य उज्ववल भन्ने उहाँले ठोकुवा गर्नुभयो । गरिव जनताका विरुद्ध नेताहरु रहँदा सम्म देशको विकास हुन नसक्ने उहाँको भनाई छ ।
जिल्लाको दर्म सिमजुङ गाउँ विकास समितिमा रहेको हिमालय उच्च माध्यमिक विद्यालयको स्वर्ण्र्ााहोत्सव उद्घाटन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
विद्यालयका प्राचार्य डालचन्द्र दुवाडीले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेखरनाथ न्यौपानेको अध्यक्षतामा शुरु भएको हो । कार्यक्रम २८ गते सम्म चल्ने प्राचार्य दुवाडीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika