चन्द्रश्वर बस्ताकोटी
मुस्ताङ, १ फागुन/ कसैले सोच्नै सक्दैन आफ्नै घर पालुवा जनावरले हल्केला, औला सहित पुरै हात खाइ दिन्छ, यस्तै भएको छ हिमाली जिल्ला मुस्ताङको चराङ गाबिस बडा न ९ मा ।
बाबु पेमा आङजु गुरुङ र आमा ढोका गुरुङकी ४ महिनाकी छोरी ढोल्मा गुरुङको औला, हल्केला सहित नाडी सम्मको पुरै हात आफ्नै छिमेकीको घर पालेको बिरालोले खाएको हो ।
आइतबार बिहान बालीकालाई जिल्ला अस्पताल जोमसोम ल्याई उपचार थालिएको जिल्ला अस्पताल मुस्ताङका कार्यालय प्रमुख एव उपचारमा संलग्न डा भोजराज गौतमले जानकारी दिनु भयो । यति लामो समय सम्म उपचार समेत नपाएकी बालिकाको उपचारमा डा भोजराज गौतम, डा सदिप जोशी, लगायत कार्यालयका स्वास्थ्य प्राबिधिक संलग्न छन । आम नेपाली आमाहरुले बच्चालाई छोडेर काममा जादा यस्तो भएको हुन सक्ने बरिष्ठ अनमी गोमाकेसी थकालीले बताउनु भयो । बच्चा बच्चिको सरसफाई लगायतका बिषयमा आमा सहित परिवारले बिषेश ध्यान पुर्याउनु पर्ने बरिष्ठ अनमी थकालीको भनाई थियो । गत बिहिबार दिउसो बिकट चराङ गाबिसकी बालीकाको हात बिरालोले खाएपछि चराङ हेल्थपोष्टले सामान्य उपचार गरि जिल्ला अस्पताल जोमसोम रिफर गरेको थियो ।
अन्य कुनै जनावरले हो की भन्ने प्रश्नमा आमाढोका गुरुङले घर नजिकै आफुहरु काम गदै गर्दा आफन्तको बिरालोले आफ्नी छोरीको हात खाएको बताउनु भयो । बिरालो ठुलो भएकोले पछि मार्न पनि सकिएन । बिरालो, कुकुर जस्ता जनावरले टोके पछि एण्टीरेवीज भ्याक्सीनदिनु पर्ने भएकाले जिल्ला अस्पताल मुस्ताङले पोखरा लैजान रिफर गर्ने तयारी गरिरहेको अहेव चुरामणि पोख्रेलले जानकारी दिनु भयो ।

No comments:
Post a Comment