धादिङबेसी / जिल्ला शिक्षा समिति धादिङको बैठक आइतवार जिल्ला शिक्षा कार्यलय धादिङबेसीमा सम्पन्न भएको छ । निमित्त स्थानीय विकास अधिकारी गुरुप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठले धादिङमा थप ७ वटा विद्यालयलाई उच्च माध्यमिक कक्षा सञ्चालनार्थ शिक्षा विभागलाई सिफारीस गर्ने निर्णय गरेको छ । जस अन्तर्गत किराञ्चोक कार्कीडाँडा माध्यमिक विद्यालय कार्कीडाँडा, द राइजिङ भिलेज माध्यमिक विद्यालय बैरेनी, जन कल्याण माध्यमिक विद्यालय मासटार, सुनौला भैरवी माध्यमिक विद्यालय सुनौलाबजार, कालीदेवी माध्यमिक विद्यालय सलाङ, सल्यानटार माध्यमिक विद्यालय सल्यानटार र त्रिपुरासुन्दरी माध्यमिक विद्यालय सल्यानकोट रहेका छन् ।
यसैगरी सामुदायीक अधययन केन्द्र सञ्चालनकोलागि मुरलीभञ्ज्याङ, कुम्पुर, कल्लेरी, जोगीमारा, वेनीघाट, गजुरी, पिंडा, किराञ्चोक, वसेरी, धुवाँकोट, छत्रेदेउराली, थाँक्रे र केवलपुर सहित १३ वटा गाविसलाई छनौट गरिएको छ । यस्तै बैठकले ४ वाटा विद्यालयमा उच्च माध्यमिक तहमा विज्ञान कक्षा सञ्चालनकोलागि भवन निर्माण गर्न १०÷१० लाख उपलब्ध गराउने निर्णयपनि गरेको छ । जस अन्तर्गत निलकण्ठ उच्च माध्यमिक विद्यालय धादिङबेसी, बागेश्वरी उच्च माध्यमिक विद्यालय रिचोकटार, अचने उच्च माध्यमिक विद्यालय खहरे र मछिन्द्र उच्च माध्यमिक विद्यालय खानी खोला रहेका छन् । आगामी शैक्षीक शत्र देखि विज्ञान कक्षा सञ्चालन र समय भित्र भवन निर्माण नगरेमा सो विद्यालयहरुमा परेको विज्ञान कक्षा खारेजगरी अर्को विद्यालयलाई दिइने निर्णय पनि भएको जिल्ला शिक्षा कार्यलय धादिङका विद्यालय निरिक्षक कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । धादिङमा हाल ४५ वटा उच्च माध्यमिक विद्यालय र २४ वटा सामुदायीक अध्ययन केन्द्र रहेका छन् ।
Gallery pack
-
This pack contains all the galleries ever released on FlashXML.net: Popout
Gallery FX, Polaroid Gallery FX, Photo Wall FX, Photo Gallery FX, Photo
Flippe...
13 years ago
No comments:
Post a Comment