“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Wednesday, February 2, 2011

झार्लाङमा जोन सुनुवार माथी गोली प्रहार,अबस्था चिन्ताजनक

धादिङ माघ २०, धादिङको विकट उत्तरी क्षेत्रमा रहेको झार्लाङमा गएराती गोली चलेको छ । बृटिस संस्था कादुरीको सहयोगमा झार्लाङमा निर्माण भइरहेको खानेपानी योजनाका फिल्ड सुपरझाइजर जोन सुनुवार माथी गएराती गोली प्रहार भएको हो । १०र१२  जनाको समूहमा आएको एक समूहले सुनुवारमाथी आक्रमण गरी उहाँसंग रहेको खानेपानी योजनाको रकम समेत लुटपाट गरेको छ ।
छाती र कन्चेटमा गोली  लागेका सुनुवारको अबस्था चिन्ताजनक रहेको र उपचारकोलागि पोखराबाट हेलिकप्टेर बोलाएर अस्पताल लाने तयारी भइरहेको बताइएको छ । संस्थाका स्थानीय  स्पोन्सर लापा ९ का जितबहादुर गुरुङको साथबाट पनि योजनाको रकम लुटपाट भएको छ । उक्त समूहले री गाउँ विकास समितिका दुईजना महिलाको गरगहना समेत लुटेका छन् । घटना स्थलमा प्रहरि समेत नपुगेकाले अहिले सम्म सो समूहको पहिचान हुन नसकेको झार्लाङबाट समिकरण सींखडाले जानकारी दिनुभएको छ ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika