“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Wednesday, February 2, 2011

किसानहरुद्वारा मालपोत कार्यालयमा तालाबन्दी

नवलपरासी, १९ माघ । व्यतिmगत जग्गालाई स्कुलको नाममा दर्ता गरेको भन्दै आज नवलपरासीका किसानहरुले जिल्ला मालपोत कार्यालयमा तालाबन्दी गरेका छन् ।
रामनगर गाउ विकाश समिति १ भुमही बस्ने रेश्मी चौधरीको व्यतिmगत जग्गा कुनै पनि कानुनी प्रक्रिया पुरा नगरिकन स्कुलको नाममा दर्ता गरिएको भन्दै पिडित पक्ष सहितका किसानहरुले मालपोत कार्यालयमा तालाबन्दी गरेका हुन् ।
 पिडित रेश्मी चौधरी गाविस संग सम्पर्क गर्दा स्थानिय जगन्नाथ निम्न माध्यमिक विद्यलायको नाममा आफ्नो जग्गा दर्ता भईसकेको जानकारी पाएपछि मालपोत कार्यालयमा आएकी थिईन् ।
मालपोत कार्यालय संग नक्कल माग गर्दा कार्यालले नदिएपछि मालपोत कार्यालय र विद्यालयको मिलोमतोमा जग्गा दर्ता गरिएको खुलासा भएको हो । चौधरीले हाल पनि बस्दै आएको आफ्नै घर सहितको जग्गा मालपोत कार्यालयले दलालहरुको मिलोमतोमा स्कुलको नाममा दर्ता गरेको आरोप लगाउनु भएको छ ।
 जग्गाको बारेमा छानविन गरेर वास्तविक तथ्य पत्ता नलागे सम्म तालाबन्दी जारी रहने किसान शम्भु उपाध्यायले बताउनु भएको छ ।
तर जिल्ला मालपोत कार्यालयका कार्यालय प्रमुख राम नारायण पाण्डेले भन्ने जग्गा कहिले दर्ता भएको हो भनेर काजगपत्रहरु खोजेर यथार्थ पत्ता लगाउने बताउनुभयो ।
यथार्थ छानविन गरी दोषी पत्ता लगाउनका लागि स्थानीय बासिन्दाले पुनः तालाबन्दी खोलिदिएको प्रमुख पाण्डेले बताउनुभयो ।
रामकुमार श्रेष्ठ ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika