गुल्मी,,फागुन २०
गुल्मीको पराल्मी गाविसमा शुक्रवार दिउसो करिव चार वजेतिर छ ओटा घारगोठमा एक्कासी आगलागि हुँदा करिव २२ लाख वरावरको क्षति भएको छ ।
पराल्मी गाविस वाडनं. १ झेंसीखर्क निवासी खिमवहादुर पेमि र तमवहादुर पेमिको घरगोठमा एक्कासी आगलागि हुँदा घर र गोठमा रहेका अन्नपात, लत्ताकपडा, काठ, घाँस दाउरा र गोठमा रहेका तीन भैंसी, पाँच वाखा्र, एक सुँगुर र कुखरा जलेर नष्ट भएका छन् ।
पहिले घरमा एक्कासी आगलागि भएको र गोठमा पनि आगो सल्कीएको स्थनीयवासीले वताएका छन् । आगलगिको कारण भने खुल्न सकेको छैन । आगलागि साँझ आठ बजे सम्मपनि नियन्त्रणमा आईनसकेको स्थानीय तिलक गौतमले जानकारी दिनुभएको छ ।
No comments:
Post a Comment