काठमाडौ । मुलुक आर्थिक रुपमा टाट पल्टिने अवस्थामा छ । मुलुकमा ब्याप्त राजनीतिक अस्थिरताका कारण नेपालको आर्थिक क्षेत्रमा नयाँ लगानी भित्रिन सकेका छैनन् भने भएका लगानी पनि केही फिर्ता हुने अवस्थामा छन् भने केही बन्दप्रायको अवस्थामा छन् ।
नयाँ नेपाल निर्माणको नारासहित मुलुकमा आर्थिक क्रान्ति गर्ने हल्ला राजनीतिक दलहरुले मच्चाए पनि त्यो केवल नारामा मात्र सिमित हुन पुगेको छ । तर पछिल्लो समयमा एउटा यस्तो घटना भएको एउटा पहुँचबाला ब्यक्तिले सनक र स्वार्थको बलमा ५ हजारभन्दा बढीलाई विहान बेलुकाको जोहो जुटाएर जीवन गुजारालाई सहज बनाउँदै आएको र मुलुकको निर्माण क्षेत्रलाई सहयोग गरिरहेको अरवौको लगानी रहेको उद्योग ढप्प बनेको छ । लगानी भएको अरवौ रुपैया पनि अनुत्पादक बन्न पुगेको छ ।
राजधानी नव निर्माणको कार्यलाई लक्षित गरेर ललितपुरको दक्षिणी भेग टिका भैरब मा खोलिएका ढुङ्गा खानीहरु एक ब्यक्तिको सनकको सिकार बनेका हुन । ती ब्यक्ति नेपालको एक प्रतिष्ठित सन्चारमाध्यमका लगानी कर्ता यूवराज ज्ञावली हुन ।
पाँच हजार भन्दा बढीलाई रोजगारी दिदै उपत्यकामा निर्माणकोलागी आवश्यक रोडा, गिट्टीको माग पुरा गर्न २ अरब १० करोडको लागतमा टिकाभैरवमा खानीहरु सन्चालित थिए । जसमा छ बटा खानीले आफ्नै जग्गाबाट ढुङ्ग निकाल्छन भने, १५ जति खानीहरु बनको स्विकृतिमा सन्चालित छन् । जसलाई लक्षित गरेर डोजर, स्काभेटर, टिप्पर, क्रसर मेसिन लगायतका बस्तुहरुमा ब्यापारीहरुले लगानी गरेका छन् ।
उनीहरुले ठेचोका बाटोबाट खानीबाट ढुङ्गा गिट्टि ल्याउने गरे पनि स्थानीय बासिन्दाको अवरोध पछि स्थानीय राजनीतिक दल, प्रशासन, प्रहरी, स्थानीय निकाय, स्थानीय बासिन्दाहरुको सहमतिमा नख्खु खोला किनारबाट बाटो खोलिएको थियो । त्यहीबाट खानीका सवारी साधनहरु कुदने गरेको भए पनि खोला किनारमै रहेको अरुणीमा हाउजिङ्गमा बस्ने प्रतिष्ठित सन्चारमाध्यमका लगानी कर्ता ज्ञावलीले पेपरवाजी गरेर सो बाटोबाट सवारी साधन गुड्न रोकाए जसका कारण चार महिनादेखि निर्माणकोलागी आवश्यक ढुङ्गा गिट्टि बाहिर आउन नसक्दा राजधानीमा अभाव सृजना भएका छन् । अभावकै कारण अहिले निर्माण सामग्रीको मुल्य दोब्बर बढी आकासिएको छ ।
सर्वदलिय सहमतिमा ज्ञावलीले खोला मिचेर बनाएको पर्खाल भत्काईएपछि उनले आफ्नो पहुचकै बलमा बाटो बन्द गराएका थिए ।
खोलाको दुबै पट्टि १२ मिटर छाड्नु पर्ने ब्यवस्था रहे पनि ज्ञावलीले खोलै नै मिचेर पर्खाल लगाएका थिए । सो विषयमा परेको मुद्दामा समेत सर्वोच्च अदालतले खोलाको दाया बाया १२ मिटर छाड्नु पर्ने फैसला गरेको छ । तर ज्ञावलीले पहुँचकै आधारमा सर्वोच्चको सो निर्णयलाई धोति त लगाउँदै नै छन् । सँगसँगै पाँचहजार मजदुरसँग आश्रित २० हजार भन्द बढी गरिवलाई मार्दैछन् । खानी बन्द भए पछि आफूहरुको जिवन कठिन बन्दै गएको भन्दै मजदुर श्याम तामाङ्गले खानी सन्चालकोलागी पहल गरिदिन सन्चारकर्मीसँग आग्रह गरे । उनले खानी बन्द भए पछि जीवन गुजार्न कठिन भएको गुनासो समेत गरेका छन् ।

No comments:
Post a Comment