“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Saturday, April 9, 2011

गृह मन्त्री नभएकै कारण देशमा अराजकता बढ्यो– पुर्व गृह मन्त्री तामाङ

केशव अधिकारी
धादिङ , २६ चैत /  देशले लामो समय सम्म गृह मन्त्री नपाउंदा केन्द्रिय सुरक्षा निती  कमजोर भई सुरक्षा सम्वन्धि महत्वपूर्ण बिषयको निर्णय प्रकृयामा ढिलाई हुनुका साथै अपराधजन्य कृयाकलापले प्रश्रय पाउने पुर्व गृह मन्त्री एवम राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय नेता बुद्धिमान तामाङले वताएका छन । गृहमन्त्री कस्लाई वनाउने भन्ने बिषयमा दुई ठुला दलका बिचमा घम्साघम्सी भएर ढिलाई भएकै कारण देशभित्र विभिन्न खाले अपराधजन्य घटनाहरुको श्रृङखला बढदै गईरहेको पुर्व मन्त्री तामाङले वताए ।
पार्टीको  कामको सिलसिलामा शनिवार गृह जिल्ला धादिङ आईपुगेका विहान पुर्व मन्त्री तामाङले धादिङबेसीमा पत्रकारहरुसंग कुराकानी गर्दै मुलुक तरल अवस्थामा रहेको र यहि स्थिती कायम रहिरहेमा मुलुकमा जे पनि हुन सक्ने चिन्ता समेत व्यक्त गरेका छन । शान्ति प्रकृया र संविधान निर्माण कार्य पुरा नहुनुमा एकिकृत नेकपा माओवादी मुख्य जिम्मेवार रहेको तामाङको भनाई थियो । संविधान सभाको म्याद थप गर्न ठुला तीन दलहरु आन्तरिक तयारीमा जुटिरहेको तामाङको आरोप थियो ।
मुलुकलाई तरल अवस्थाबाट सहज स्थितीमा लैजान समयमै संविधान जारी गरी संसदिय तथा स्थानीय निर्वाचन गराई राज्यका सबै अंगमा जनप्रतिनिधीको व्यवस्था गर्न सके मुलुकका धेरै खाले संकटहरु आंफै समाधान भएर जाने पुर्व मन्त्री तामाङको सुझाव थियो । अहिलेको सरकार लोकतान्त्रिक शक्तिलाई पन्छाएर बाम धु्रविकरणका साथ अगाडि बढन लागिपरेकाले लोकतान्त्रिक शक्तिहरुको छुट्टै मोर्चा बनाएर अगाडि बढनुको विबल्प नभएको तामाङले वताएका छन । पुर्व मन्त्री तामाङ संगै पार्टी कामका लागि जिल्ला आईपुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य एवम पुर्व जलश्रोत मन्त्री ठाकुर शर्माले मुलुकमा बढदै गएको उर्जा संकट समाधानका लागि बुढिगण्डकी जस्ता ठुला जलाशयमुक्त जलबिद्युत्त आयोजनाको निर्माणमा सरकारले चासो राख्नु पर्ने सुझाव दिएका थिए । 

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika