धादिङ , २६ चैत / अखिल नेपाल धातु मजदुर संघ धादिङको प्रथम जिल्ला भेला सुदिप रसाइलीको अध्यक्षतामा तदर्थ समिति गठन गर्दै आज धादिङबेसीमा सम्पन्न भएको छ । एता बहादुर सुनुवारको अध्यक्षतामा सम्पन्न भेलाले सुदिप रसाइलीको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
अखिल नेपाल धातु मजदुर संघका केन्द्रीय कोषाध्यक्ष दुर्गा बराइलीको प्रमुख आतिथ्य रहेको भेलामा एकीकृत नेकपा माओवदी धादिङका कार्यालय सचिव विनोदबाबु रिमाल, अखिल नेपाल टे«ड युनियन महासंघका राज्यसमिति सचिवालय सदस्य एवं यातायात मजदुर संघ धादिङका अध्यक्ष वद्रि सुवेदी, एकीकृत नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा नेपालका राज्य समिति सदस्य एवम् धादिङ क्षेत्र नं. २ का संयोजक झम्क परियार, वाइसएिल धादिङका जिल्ला सचिवालय सदस्य हरि विश्वकर्मा लगयतको आतिथ्य रहेको थियो । भेलाले धातु मजदुरहरुको हक अधिकार सुनिश्चित गर्ने र फलाम तथा तामा जस्ता धातुहरुमा कामगर्ने मजदुरहरुलाई पनि बालीघरे प्रथाबाट ज्याला प्रथाको व्यवस्था गर्नुपर्ने लगायतका मागहरु अघि सार्ने निर्णय गरेको छ ।

No comments:
Post a Comment