धादिङबेसी चैत्र २५
नेपाल तरुण दल खरी गाउँ कमिटिको चौँथो गाउँ अधिवेशन आज खरिमा सम्पन्न भएको छ । नेपाल तरुण दल जिल्ला कार्यसमिति अध्यक्ष गोपाल विश्वकर्माको अध्यक्षतामा सम्पन्न अधिवेशनमा तरुण दलका जिल्ला कार्यसमिति सचिव गोपाल विश्वकर्माको विशेष आतिथ्य रहेको थियो ।
संगठनका जिल्ला कार्यसमिति सदस्य कृष्णमणि नेपाल, नेपाली काँग्रेस खरीका सभापति टिकानिधि काप्री, तरुण दल मैदीका अध्यक्ष नवराज सिलवाल,नेविसंघका ३ नं. क्षेत्रीय सदस्य सुजन घिमेरे लगायतको आतिथ्य रहेको अधिवेशनले मनिराम राना मगरको अध्यक्षतामा संगठनको नयाँ कार्यसमिति चयन गरेको नेपाल तरुण दल धादिङका सचिव सिमोन थापा तामाङले जानकारी दिनुभएको छ ।
No comments:
Post a Comment