“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Friday, April 8, 2011

धादिङका क्रसर उद्योगको मनोमानी


धादिङबेसी चैत्र २५
सरकारले रोडा, ढुंगा र गिट्टी बालुवा निकासीमा रोक लगाए पनि धादिङमा त्यसको उल्लंघन भएको छ । धादिङका अधिकांश क्रसर उद्योगले खोलाबाट ढुंगा, गिट्टी निकाल्ने क्रमलाई निरन्तरता दिएका छन् ।
क्रसर उद्योगको मनोमानीले सार्बजनिक सम्पतिको क्षति र वातावरणमा प्रतिकूल असर परेको स्थानीयको गुनासो छ । धादिङका कतिपय क्रसर उद्योगले खोलाको बगर र सार्बजनिक ऐलानी जग्गा अतिक्रमण गरे पनि संबन्धित निकाय मौन बसेको स्थानीयको गुनासो छ । कतिपयले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर क्रसर उद्योग सञ्चालन गरेका छन् । मलेखु खोलाको पुलभन्दा दक्षिणतर्फ १० मिटर गहिरो र पचास मिटर लामो खाडल खनेर गिट्टी बालुवा निकालिएको छ । पुलभन्दा पाँच सय मिटर वरपर गिट्टी बालुवा निकाल्न नपाइने नियम भए पनि त्यसको बेवास्ता गरिएको छ । अनधिकृत रुपमा गिट्टी बालुवा निकाल्ने क्रम जारी रहेपछि नदिमा रहेका पुलहरु समेत जोखिममा परेका छन् ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika