“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Sunday, May 22, 2011

“व्यवसायीक दुध उत्पादन र बजार प्रवद्र्धन, गुणस्तरीय दुध सेवनद्वारा स्वास्थ्य सम्बद्र्धन” भन्ने मूल नाराका साथ आजदेखि धादिङबेसीमा पहिलो दुग्ध मेला २०६८ सुरु

धादिङबेसी जेष्ठ ८ /  “व्यवसायीक दुध उत्पादन र बजार प्रवद्र्धन, गुणस्तरीय दुध सेवनद्वारा स्वास्थ्य सम्बद्र्धन” भन्ने मूल नाराका साथ आजदेखि धादिङबेसीमा पहिलो दुग्ध मेला २०६८ सुरु भएको छ । भोलीसम्म चल्ने मेलाको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
धादिङ उद्योग वाणिज्य संघको सभाहलमा भएको उद्घाटन कार्यक्रममा एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवम् धादिङ क्षेत्र नं. १ का सभासद पुष्प विक्रम मल्लको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा संबोधन गर्दै प्रमुख अतिथि मल्लले संविधान सभाको म्याद थप्नुको विकल्प नभएको बताउनु भयो । नेपाली काँग्रेसले अन्त्यसम्ममा भएपनि संविधान सभाको म्याद थप्न सहयोग गर्ने उहाँको विश्वास थियो । सभासद मल्लले धादिङबेसीमा सुरुभएको पहिलो दुग्धमेला २०६८ को सफलताको समेत कामना गर्नुभएको थियो ।  कार्यक्रममा विशेष अतिथि धादिङ क्षेत्र नं. २ का सभासद कल्पना धमलाले पनि मेलालाई सफलताको शुभकामना दिनुभएको थियो ।
धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष प्रभात किरण सुवेदीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा एकीकृत नेकपा माओवादी धादिङका सह–इञ्चार्ज रामबहादुर भण्डारी, नेकपा एमाले धादिङ अध्यक्ष गुरुप्रसाद बुर्लाकोटी र नेता खेम प्रसाद लोहनी, नेपाली काँग्रेसका झम्क नारायण श्रेष्ठ, धादिङका प्रमुख जिल्ला अधिकारी भरत पौडेल, स्थानीय विकास अधिकारी शंकर नेपाल, प्रहरी नायव उपरिक्षक बसन्त कुँवर, जिल्ला शिक्षा अधिकारी मानबहादुर क्षेत्री लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । मेलामा दुग्धजन्य पदार्थ सहित विभिन्न २० वटा स्टल रहेको  छ । मेला भोलीसम्म चल्ने छ ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika