धादिङबेसी जेष्ठ १० गते / दुग्ध व्यवसायीहरुको पक्षमा विद्यमान नीतिहरु पर्याप्त नभएको र सरकारी तवरबाट पनि उचित सहयोग नपाएको दुग्ध मेलामा सहभागीहरुले बताएका छन् । धादिङबेसीमा सञ्चालन भएको पहिलो दुग्ध मेला २०६८ को अन्तिम दिन हिजो उद्योग वाणिज्य संघको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो गुनासो गरेका हुन् ।
धादिङ उद्योग वाणिज्य संघ, जिल्ला विकास समिति धादिङ र फोकस नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा एकीकृत नेकपा माओवादी धादिङका सह–इञ्चार्ज रामबहादुर भण्डरी, नेकपा एमालेका कृष्ण अर्याल, धादिङका प्रमुख जिल्ला –अधिकारी भरत पौडेल, स्थानीय विकास अधिकारी शंकर नेपाल, उद्योग वाणिज्य महासंघका मध्यमाञ्चल क्षेत्रीय अध्यक्ष ध्रुवबहादुर थापा, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष प्रभात किरण सुवेदी, लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाका प्रतिनिधि, बैंक तथा वित्तिय संस्थाका प्रमुख एवं प्रतिनिधि, दुग्ध उत्पादक कृषकहरु र सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको रेडियो बिहानी ९७.६ मेगाहर्जले प्रत्येक्ष प्रसारण समेत गरेको थियो । धादिङ उद्योग वाणिज्य संघ, जिल्ला विकास समिति धादिङ र फोकस नेपालले सञ्चालन गरेको मेलामा दुग्धजन्य पदार्थ सहित २० वटा स्टल राखिएको थियो । मेलाको करिव १५ हजार व्यक्तिहरुले अवलोकन गरेको आयोजकले बताएको छ ।
No comments:
Post a Comment