धादिङबेसी जेष्ठ ७ / धादिङबेसीमा विविध साहित्यिक कार्यक्रमहरु सञ्चालन र साहित्यिक जमघटको लागि कवि घर निर्माण हुने भएको छ । भानु प्रतिष्ठान धादिङको आयोजनामा आज धादिङबेसी भानुपार्कमा कविघर तथा धादिङ अध्ययन केन्द्रको भवन शिलन्यास गरिएको छ ।
जिल्ला विकास समिति धादिङका स्थानीय विकास अधिकारी शंकर नेपालको अध्यक्षतामा भएको भवन शिलन्यास कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका नेपाली विभागका प्रमुख प्राध्यापक राजेन्द्र सुवेदीको प्रमुख आतिथ्य रहेको थियो । भानु प्रतिष्ठानका केन्द्रीय अध्यक्ष डा. ब्रतराज आचार्य, पद्मकन्या क्याम्पस काठमाण्डौका नेपाली विभाग प्रमुख प्राध्यापक मोहनप्रसाद तिमल्सिना र रेडियो नेपालका बरिष्ठ पत्रकार बुलु मुकारुङको विशेष आतिथ्य रहेको कार्यक्रममा साहित्यकार नवराज लम्साल सहित स्थानीय श्रष्ठाहरुको आतिथ्य रहको थियो । कार्यक्रममा संगितकार बुलुमुकारुङले भवन निर्माणको लागि ५ हजार नगद सहयोग प्रदान गर्नुभएको छ । अवसरमा संगितकार मुकारुङ र साहित्यकार नवराज लम्सालले आफ्नो १५ दिनको तलव सहयोग गर्ने घोषण गर्नुभएको थियो । कार्यक्रममा ३० भन्दा बढि श्रष्ठाहरुले साहित्यिक रचना वाचन गरेका थिए ।
Gallery pack
-
This pack contains all the galleries ever released on FlashXML.net: Popout
Gallery FX, Polaroid Gallery FX, Photo Wall FX, Photo Gallery FX, Photo
Flippe...
13 years ago
No comments:
Post a Comment