“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Monday, May 23, 2011

पिउने पानीको अभावमा गाउँ छोड्ने अबस्थामा

धादिङबेसी जेष्ठ १० गते /  बैरेनी गाउँ विकास समितिको वडा न. ६ र ८ का विभिन्न गाउँका बासीन्दाहरु पिउनेपानीको चरम समस्या झेल्न बाध्य भएका छन् । गाविसको खर्क, बागेश्वरी, छरछरे, तिलार, दाङार्चा, ढुङगे, ठुलोचौर र भोटेपलाङका बासीन्दाले पिउने पानीको चरम अभाव झेल्दै आएका हुन् । एक गाग्री पिउने पानीको लागि समेत २ घण्टाको बाटो धाउनुपर्ने अबस्था रहेको स्थानीय मेध बहादुर बि.क ले बताउनु  भयो । समुन्द्री सतहदेखि २५ सयमिटर उचाईमा रहेकोले गाउँमा अन्य ठाउँबाट पानी ल्याउन नसकिएको हो । २ सय घरपरीवार रहेको सो ठाउँमा एकमात्र धारा रहेकोले स्थानिय बासीन्दाहरुले रातभर लाईन बसेर पानी थाप्ने गरेका छन् । राजनैतिक दलहरुले पटक–पटक खानेपानीको व्यवस्था गरिदिने आस्वासन दिए पनि अहिले सम्म कुनै पहल हुन नसकेको स्थानीय बासीन्दाले गुनासो गरेका छन् । गाउँबाट ७ किलोमिटर टाढा रहेको कोईलीखर्कबाट गाउँमा खानेपानी ल्याउन सकिने सम्भावना रहेको भएपनि सो योजनाको लागि ठूलै लगानी अवश्यक हुने भएकाले सरकारी पहल आवश्यक रहेको स्थानीयबासीन्दाको भनाइ छ । खानेपानीको समस्याबाट मुक्तिको लागि स्थानीय बासीन्दाले सम्बन्धित निकायको पहलको अपेक्षा गरेका सहकर्मी किशोर अधिकारीले जानकरी दिनुभएको छ ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika