“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Monday, May 23, 2011

धादिङ स्काउट आयुक्तमामा श्रेष्ठ निर्वाचित

धादिङबेसी जेष्ठ १० गते /  नेपाल राष्ट्रिय स्काउट धादिङको जिल्ला आयुक्तमा विनोदमान श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । जिल्ला शिक्षा कार्यलय धादिङमा सम्पन्न निर्वाचन कार्यक्रमबाट श्रेष्ठलाई जिल्ला आयुक्तमा निर्विरोध रुपमा चयन गरिएको हो ।
यसैगरी जिल्ला संगठन आयुक्तमा दुर्लभ कुमार तामाङ, जिल्ला कार्यकारी आयुक्तमा ज्योतीमाया श्रेष्ठ, सामुदायीक विकास आयुक्तमा हरिबहादुर श्रेष्ठ पनि निर्विरोध निर्वाचित हुनुभएको छ । जिल्ला शिक्षा अधिकारी मानबहादुर क्षेत्री निर्वाचन अधिकृत रहनुभएको निर्वाचन कार्यक्रमबाट तालिम आयुक्तमा पुरुष तर्फ ठाकुर प्रसाद रिजाल र महिला तर्फ भगवती श्रेष्ठलाई चयन गरिएको छ । नेपाल स्काउटको क्षेत्रीय परिषद सदस्यमा ज्योतीमाया श्रेष्ठपनि निर्विरोध निवार्चित हुनुभएको नवनियुक्त जिल्ला आयुक्त विनोदमान श्रेष्ठले जानकारी दिनुभयो ।
यसैबीच नेपाल राष्ट्रिय जिल्ला स्काउट गोरखाको जिल्ला आयुक्तमा मञ्जु अर्याल चयन हुनुभएको छ । हिजो जिल्ला शिक्षा कार्यालय गोरखामा भएको निर्वाचन कार्यक्रमबाट सरस्वती श्रेष्ठ जिल्ला संगठन आयुक्त, मलिना मास्के महिला तर्फबाट तालिम आयुक्त र राजेन्द्रप्रसाद अधिकारी पुरुषतर्फबाट तालिम आयुक्तमा चयन हुनुभएको छ ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika