एशियाली विकास बैंकको ऋण सहयोगमा नेपालकै भारत र चिन जोड्ने सबैभन्दा छोटो मानिएको गल्छी स्यार्फुवेशी राजमार्गको स्तरोन्नतीमा रोक लगाएका छन् ।
गल्छी स्यार्फुवेशी सडकको सुधार तथा विस्तार कार्य प्रभावकारी र उपभोक्ताहरुको माग अनुसार नभएको जनाउँदै उपभोक्ताहरुले उक्त मार्ग अन्तर्गत देवीघाट वेत्रावती सडक खण्डको निर्माण तथा सुधार कार्यमा रोक लगाएका हुन् । आयोजनासँग विगतमा गरिएको सहमति पालना नभएको जनाउँदै गल्छी स्यार्फुवेशी सडक सुधार तथा विस्तार सरोकार समितिको संयोजनमा उपभोक्ताहरुले विगत एक हप्तादेखि निर्माण कार्यमा रोक्का गरेका हुन् ।
सन् २००९ फेबु्रवरीदेखि निर्माण तथा विस्तार कार्य सुरु भएको गल्छी-स्यार्फुवेशी सडकमार्ग सन् २०११ फेबु्रवरीभित्रमा निमार्ग सम्पन्न गर्नुपर्ने सम्झौता रहेकोमा सडक निर्माण तथा सुधार आयोजनाको तर्फाट बट्टारदेखि ढुंगेबजारसम्मको दरी मध्ये बट्टार बजारमा १२ मिटर, सैन्य तालिम केन्द्रदेखि ढुंगेसम्म १० मिटर सडक नालीबाहेक सातमिटरको भागमा कालोपत्रे गर्ने र दायाँबायाँको भागमा १५ सेन्टिमिटर माटो र १५ सेमी ग्राभेल विछ्याई कालोपत्रे सरह लेबल बनाउने योजना रहेको थियो । सरोकार समिति र स्थानीय उपभोक्ताहरुसँगको वैठकमा आयोजनाले माटोको भागमा स्थानीय उपभोक्ताहरुको तर्फाट आर्थिक संकलन गरी ग्राभेल खरिद गरी विछ्याउने निर्ण्र्ााभएकोमा हाल आएर जनताको रकम स्वीकार गर्न नमिल्ने र योजनाको तर्फाट पनि थप रकम बिनियोजन नहुँदा सडक दायाँबायाँको भाग खाली भई सात मिटरमा मात्र पिचको पर्ूवाधार तयार गरेकोले उपभोक्ताको तर्फबाट सोमबारदेखि सम्पूर्ण भागमा कालोपत्रेको पूर्वधार तयार गरिपर्नेे माग राखी निमर्माण कार्यमा बाध्य भएर अवरोध पुर्याउनु परेको सरोकार समितिका अध्यक्ष इन्द्रबहादुर पण्डितले जानकारी दिनुभयो ।
बट्टारदेखि ढुंगेसम्मको तीनहजार एकसय मिटर लामो सडकमा सम्पूर्ण भाग कालोपत्रे गर्नका लागि नपुग रकम स्थानीय उपभोक्ताहरुसँग प्रति मिटरका दरले पाँचसय ८७ रुपैयाँ रकम उठाएर निर्माण पक्षलाई दिने वताउँदावताउँदै पनि वेवास्ता गरिएको अध्यक्ष पण्डितले वताउनुभयो । उपभोक्ताहरुको माग उपर सुनुवाई नभएसम्म निर्माण कार्य अबरुद्ध गरिरहने उहाँको भनाई छ ।
गल्छी स्यार्फुवेशी सडक मार्ग एक अर्व १६ करोड रुपैयाँको लागतमा गतवर्ष देखि स्तरोन्नती कार्य भइरहेको छ । पृथ्वी राजमार्गको गल्छीदेखि स्यार्फुवेशीसम्म ८९ किलोमिटर लामो सडकको स्तरोन्नती तथा विस्तार भइरहेको छ । निर्माणाधिन गल्छी स्यार्फुवेशी सडक मार्ग दिगो हुने गरी फराकिलो बनाउनर्ुपर्ने उपभोक्ताले माग गरेका छन् । बहुचर्चित गल्छी स्यार्फुवेशी सडक मार्गले एकैपटक तीन देश जोड्नेहुँदा नेपालको आर्थिक विकासका लागि मध्येनजर गरी आगामी ५० वर्षाई लक्षित गर्दै सडक मागर् निर्माण गरिनुपर्ने उपभोक्ताहरूको माग रहेको बट्टारका उपभोक्ता मोहनबहादुर खड्काले वताउनुभयो ।
सडकमार्ग देवीघाट-गल्छी, बेत्रावती- देवीघाट, राम्चे- वेत्रावती र स्यार्फुवेशी -राम्चे चार प्याकेजमा निर्माण भइरहेको छ । चीनको सीमाना रसुवागढीसम्म चीन सरकारले स्यार्फु-रसुवागढी १६ दशमलब ६ किलोमिटर सडक मार्ग निर्माण गरिरहेको छ ।
वीरगन्जदेखि रसुवागढी जोड्ने उक्त सडक मार्ग सञ्चालनमा आएपछि सवारी साधनको चाप बढ्ने भएकोले दिगो रुपमा विकास गर्न निर्माणाधिन सडक उपभोक्ताहरुको मागबमेाजिम निर्माण नभएको नभएको उपभोक्ताको गुनासो छ । निमाणकार्यको एकबर्षम्म निर्माण कम्पनीको जिम्मामा रहने र डिबिएटी प्रबिधिको कालोपत्रे भएकाले यसखाले सडक टिकाउ हुने निर्माण पक्षले जनाएको छ । निर्माणाधीन गल्छी स्यार्फुवेशी मार्ग राजमार्ग नभई सहायक मार्ग मात्र भएकाले एक लेनको मात्र निर्माण गरिएको गल्छी-त्रिशूली स्यार्फु सडक योजनाका प्रमुख अयोध्याप्रसाद श्रेष्ठले बताउनुभयो ।
No comments:
Post a Comment