धादिङबेसी पुस १५ - धादिङ काठमाण्डौंबाट धादिङको सदरमुकाम धादिङवेसीतर्फ जाँदै गरेको ना।२।ख ५२१५ नम्वरको यात्रुबहाक बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मलेखु धादिङ खण्डमा पर्ने कालु पाण्डे मार्ग अन्तर्गत कुम्पुर गाविस वडा
नम्वर ३ को फिसफिसेटारमा आज दिउँसो ३स्३५ बजे भएको दुर्घटनामा स्थानीय सजिना दर्लामी मगरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बसको ठक्करबाट कुम्पुर ३ फिसफिसेटारका स्थानीय चन्द्रबहादुर दर्लामी मगरकी अन्दाजी बर्ष ३ की छोरी सजिना दर्लामी मगरको घटनास्थलमै मृत्यु भएको थियो ।

No comments:
Post a Comment