“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Wednesday, December 22, 2010

नेविसंघ र अनेरास्ववियुबीच झडप, तीनजना घाइते अखिलद्वारा पर्सि उपत्यका बन्द आह्वान

७ पौष, काठमाडौं । नेपाल विद्यार्थी संघ र अनेरास्ववियुका विद्यार्थीहरुबीच काठमाडौंको घण्टाघरमा आज विहान झडप हुँदा दुवैतर्फा तीनजना घाइते भएका छन् । झडपमा नेविसंघका प्रेम शाही र अखिलका पराग खड्कासहित तीनजना घाइते भएका हुन् ।
त्रिचन्द्रमा केही दिन अघि नेविसंघका वीरेन्द्र गिरीले अखिलका वीरेन्द्र रावललाई खुकुरी हानेर घाइते बनाएको विषयलाई लिएर दर्ुइ विद्यार्थी संगठनहरुबीच तनाव भएको हो । गिरीविरुद्ध महानगरीय प्रहरी बृत्तमा किटानी जाहेरी दिए पनि पक्राउ नगरेको विरोधमा अखिलका विद्यार्थीहरुले त्रिचन्द्र क्याम्पस अगाडी आज विहान विरोध पर््रदर्शन गर्ने क्रममा नेविसंघसँग झडप भएको हो । अखिलले नेविसंघका गिरीलाई पक्राउ गर्न हिजो मध्यान्ह १२ बजेसम्मको अल्टिमेटम दिएको थियो । अनेरास्ववियुकी सचिब रचना खड्काले मागको सुनुवाई नभए भोली बेलुका देशभर मशाल जुलुस निकाल्ने र पर्सि उपत्यका बन्द गर्ने कार्यक्रम तय गरिएको जानकारी दिनुभयो । उहाँले आज मध्यान्ह काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने जानकारी पनि दिनुभयो ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika