उखुको मुल्य प्रति क्विन्टल ४ सय २१ रुपैंया कायम हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका किसानले हरिऔन इन्दुशंकर चिनी उद्योग अगाडी उखुका लाक्राँमा आगो लगाएका छन । हात हातमा उखुका लाँक्रा नारावाजी गर्दै सडकमा निस्केका हरिऔन वासी किसानले चिनी उद्योगको गेटमा पुगेर आफैले वोकेर ल्याएको उखुमा आगो लगाएका थिए । उखु किसानको जुलुसका कारण केहिवेर पर्ुव पश्चिम राजमार्गमा चलेका सवारी साधनहरु ठप्प भएका थिए ।
चिनी मिल अगाडी गरेको कोणसभामा वोल्दै किसानहरुले चौतर्फी महंगी वढेकेा भएपनि उखुको मुल्य गत वर्षो भन्दा कम गराउने उद्योगीहरुको चाहाना कुनै पनि हालतमा पुरा हुन नदिने घोषणा गरेका छन । गत वर्षेा मुल्य यथावत राख्न थालिएको उखु किसानको आन्दोलन जीवन मरणको लर्डाई भएको भन्दै आन्दोलनवाट पछि नहट्ने वताएका छन । सरकार, उद्यमी र किसान प्रतिनीधि वीच भएको वार्तामा किसानका पक्षमा निर्ण्र्ाानभए तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु अगाडी वढाउने चेतावनी दिएका छन ।
No comments:
Post a Comment