“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Tuesday, December 28, 2010

नुवाकोटका सबै गाविसले थप बजेट पाए

नुवाकोट, पुस १३ गते ।
सरकारले यस वर्षनुवाकोटका ६१ वटै गाविसलाई थप बजेट निकासा दिने भएको छ । स्थानीय विकास मन्त्रालय, स्थानीय शासन तथा सामुदायिक
विकास कार्यक्रम अर्न्तगत जिल्लाका सबै गाविसलाई थप दर्ुइ करोड ३२ लाख ४१ हजार रूपैयाँ अनुदान दिन लागिएको हो ।
जिल्ला विकास समिति नुवाकोट मार्फ प्राप्त हुने थप अनुदान गत वर्षजिल्लाका १९ वटा गाविसले मात्र प्राप्त गरेका थिए । गत वर्षगाविसहरूको विपन्नता, स्तरीकरण, र अति विपन्न्न वर्गको बाहुल्यता रहेका गाविसहरू छनोट गरी १९ गाविसमा
 कार्यक्रम लागू गरी थप अनुदान उपलब्ध गराएको थियो । यसै वर्षजिल्लाका ५० वटा गाविसमा सामाजिक विकास कार्यक्रम लागू गर्ने बताइए पनि ६१ वटै गाविसले थप तीन लाख रूपैयाँदेखि ६ लाख ३९ हजार रूपैयाँसम्म अनुदान पाउने जिल्ला विकास समितिका कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमालले बताउनुभयो । जिविसका अनुसार मदानपुर गाविसले सबै भन्दा धेरै ६ लाख ३९ हजार, कुमरी गाविसले पाँच लाख ९७ ह जार र ककनी गाविसले ५ लाख ५५ हजार रूपैयाँ थप अनुदान पाउने छन् ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika