“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Monday, December 27, 2010

चार दिनसम्म पनि बेपत्ता दाजु भाई फेला परेनन्

शिबलाल सुबेदी
कालीगण्डकीमा डुबेर शनिवार देखि बेपत्ता भएका दुविचौर गाविस-६ का दाजुभाई ४ दिनसम्म पनि फेला परेका छैनन् । लास लिएर गएका ६५ वषिर्य मनबहादुर तङ्नामी र उनकै भाई ४३ वषिर्य दलबहादुर तङ्नामी शनिवार लास जलाई सकेपछि नुहाउने क्रममा कालीगण्डकीमा डुबेर बेपत्ता भएका थिए । स्थानीय बासिन्दा, इलाका प्रहरी कार्यालय रिडी र पाल्पा जिल्लाबाट खटिएको
प्रहरी टोलीले दैनिक ५ किलोमिटर सम्म खोजविन गरिरहदाँ पनि उनीहरु फेला नपरेका हुन् । नुहाउने क्रममा भाई दलबहादुर डुबेपछि बचाउने क्रममा दाजु मनबहादुर पनि डुबेका थिए । तुरुन्तै खोजी कार्य शुरु गरेको भएपनि डुबेर बेपत्ता भए नजिकै कालीगण्डकी बढी गहिरो भएका कारण फेला पार्न नसकिएको र खोजी कार्य जारी रहेको रिडीका प्रहरी नायव निरिक्षक जगत रायमाझीले जानकारी दिनु भएको छ ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika