१३ पौष, काठमाडौं । संविधानका विवादित विषय समाधानबारे छलफल गर्न २७ दलको बैठक आज सिंहदरबारमा बस्दैछ । विहान ११ बजे बस्ने बैठकमा नयाँ संविधानका विवादित विषय समाधानका विषयमा छलफल हुने संसद सचिवालयले जनाएको छ । दलहरुले संविधानका विवादित विषय समाधान गर्न गठित उच्चस्तरीय कार्यदलको म्याद नथप्ने र संविधानसभाबाटै विवाद समाधान गर्ने सहमति जनाएका थिए । कार्यदलको म्याद मंसिर २५ गते सकिएपछि संविधानका विवाद समाधानका लागि निष्कृय जस्तै भएका दलहरु आजदेखि पुनः सकृय हुन लागेका हुन् ।
बैठकमा संसदको नियमित अधिवेशनबारे पनि छलफल हुने संसद सचिवालयले जनाएको छ । राष्ट्रपति डा. रामवरण यादवले आउँदो २५ गते अपरान्ह चार बजे नियमित अधिवेशन आह्वान गर्नुभएको छ ।
Gallery pack
-
This pack contains all the galleries ever released on FlashXML.net: Popout
Gallery FX, Polaroid Gallery FX, Photo Wall FX, Photo Gallery FX, Photo
Flippe...
13 years ago

No comments:
Post a Comment