“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Friday, December 31, 2010

अहिलेसम्म प्रधानमन्त्रि नपाउनुमा झलनाथ खनालको चट्टानबादी तथष्टताको निति प्रमुख बाधक-घिमिरे

पौष १६ / नेपाली काँग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरेले एमालेको कारणले गर्दा मुलुक प्रधानमन्त्री बिहिन भएको बताउनु भएको छ । ३५ औँ मेलमिलाप दिवशको अवशरमा नेपाली काँग्रेस धादिङले आज धादिङबेसीमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । देशले अहिलेसम्म प्रधानमन्त्रि नपाउनुमा झलनाथ खनालको चट्टानबादी तथष्टताको निति प्रमुख बाधक भएको उहाँको भनाइ थियो ।
रामचन्द्र पौडेललाई मत नहाले प्रचण्डलाई मत दिएर भएपनि निर्वाचन प्रक्रियालाई टुङ्गाउनु पर्ने आफूहरुको आग्रह एमालेले अस्विकार गरेको पनि उहाँले बताउनु भएको छ ।
सोही कार्यक्रमलाई संबोधन गर्दै एकिकृत नेकपा माओवादी धादिङका सह इन्चार्ज रामबहादुर भण्डारीले दलहरु आपसी मेल मिलापको सिद्धान्त अनुरुप नगए देश बर्वाद हुने बताउनु भयो । काँग्रेसले माओवादीलाई गाली गरेर सुख नपाउने भन्दै उहाँले यसबाल तेस्रो पक्षले फाइदा उठाउन सक्ने बताउनु भयो ।
यसैगरी कार्यक्रमा बोल्दै काँग्रेस युवा नेता तथा नेविसंघका सह महामन्त्री बद्री अर्यालले अन्य दलहरुमा टिप्पणी गर्नुभन्दा पहिला काँग्रेस आफैँ एकआपसमा मिलेर जानु पर्ने बताउनु भयो । उहाँले धादिङमा भित्रपनि आन्तरीक झगडामा रहेको बताउँदै, पहिला आफुहरु नै मिल्नु पर्ने बताउनु भएको थियो ।कार्यक्रमा नेपाली काँग्रेसका युवा नेता लोकेश ढकाल,  वि पि चिन्तन प्रतिष्ठान धादिङका अध्यक्ष बद्रीप्रसाद दाहाल, नेपाल प्रकारमहासंघ धादिङका सभापती सीताराम प्रसाद वर्मा, विभिन्न राजनितिक दलका प्रतिनिधि लगायतले दलहरु आफैँ अन्तरद्वन्दमा रुमलिँदा बैदेशिक हस्तक्षेप बढेर गएकाले, दलहरुले मेलमिलापका आधारमा तुरुन्त संविधान बनाउनु पर्ने बताएका थिए ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika