कृष्णसेन अनलाइन
काठमाडौं, १७ पुस । हिजो राति हयात होटलमा व्यवस्थापनले पक्षले ४६ जना सेक्युरिटी मजदुरहरुलाई निश्कासन गरेको बिरोधमा भएको आजको प्रदर्शनमा प्रहरीले ब्यापक दमन गरेको छ । निश्कासित मजदुरको समर्थनमा भेला भएका मजदुरहरुमाथि आज दिउँसो प्रहरीको आक्रमणमा दर्जनबढि मजदुर घाईते भएका छन् भने अन्यलाई गिरफ्तार गरेको छ । प्रहरीले सेक्युरिटी मजदुर संघका केन्द्रीय सचिव मोहनसिंह धामी, दिलहादुर सुनुवार, संघसंस्था मजदुर संघका डम्वर मल्ल, अशोक तथा केदार सिङ्ह गंभीर घाइते भएका छन् । उनिहरुलाई उपचार समेत गर्न नदिई प्रहरीले हिरासतमा राखेको छ ।
यसैबीच अखिल नेपाल टे्रड यूनियन महासंघका उपाध्यक्ष कमरेड बाबुराम गौतम, अखिल नेपाल सेक्युरिटी मजदुर संघका अध्यक्ष कमरेड घनश्याम ठकुरीले प्रहरीको यो वर्वर दमनको भत्र्सना गर्दै निस्कासित ४६ जना मजदुरलाई तत्काल स्थायी गर्न माग गर्नु भएको छ । उहाँले होटललाई प्रहरीको व्यारेक वनाएर आतंक सिर्जना नगर्न, मजदुर र व्यवस्थापनबीचको वार्तामा प्रहरी हस्तक्षेप गर्ने मण्डले प्रवृत्तिको तत्काल अन्त्य गर्न माग गर्नु भएको छ । उहाँले अन्यथा महासंघ जस्तोसुकै आन्दोलन गर्न वाध्य हुने बताउनु भएको छ ।
त्यसैगरी सोही होटलका यूनियन अध्यक्ष मुक्ति अधिकारीले होटलमा प्रवेश गरि प्रहरीले गरेको वितण्डा विरुद्ध सम्पुर्ण होटल मजदुरहरुलाई प्रतिकारमा उत्रिन अपिल गर्नु भएको छ ।अखिल नेपाल टे्रड यूनियन महासंघका महासचिव कमरेड गणेश रेग्मीले समस्याको समाधान व्यवस्थापनले वार्ताबाट नखोजी प्रहरी लगाएर दमन गरेकोमा घोर भर्त्सना गर्दै तत्काल वार्ताद्वारा माग पुरा गर्न, घाइते मजदुर उपचार गर्न र गिरफ्तार मजदुरहरुको तत्काल रिहाईको माग गर्नु भएको छ ।

No comments:
Post a Comment