“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Saturday, January 1, 2011

अधिकार मागेर होईन खोसेरमात्र पाइन्छ- अध्यक्ष प्रचण्ड


कृष्णसेन अनलाइन

एकीकृन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
काठमाडौं, १७ पुस । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्नो पहिचानका निम्ति, कुनै पनि जाति, भाषा, धार्मिक विशेषका कुनैपनि उत्पीडित समुदायले अधिकार मागेर पाउने होईन संघर्ष गरेर खोसेरै ल्याउनुपर्ने बताउनु भएको छ । मुस्लिम राष्ट्रिय मुक्ति मोर्चा नेपालद्वारा आयोजित नयाँ सम्विधान निर्माणको अवस्था र मुस्लिम समुदायको भुमिका् बिषयक बिचार गोष्ठीमा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो । उहाँले अधिकार पाउनकालागि सबै उत्पीडितहरु एकजुट भएर आन्दोलन गर्नुको कुनै विकल्प नरहेको पनि बताउनु भयो । उहाँले भन्नुभयो-हाम्रो पार्टी हम्मेसा उत्पीडितहरुको पक्षमा हुने छ । मुश्लिमहरुको अधिकारका पक्षमा रहने छ । उहाँले अगाडि भन्नुभयो -नेपालमा ठूला र स्थापित भनिएका धेरै जसोपार्टीहरु हिजो न धर्मनिरपेक्षताको निम्ति संघर्ष गरे,
 न संघीयताको निम्ति संघर्ष गरे न जातीय अधिकार सुनिश्चित गर्नका लागि, भाषिक धार्मिक अधिकारका निम्ति संघर्ष गरे । बरु संघर्ष दबाउनकै निम्ति धेरै मेहनत गरे ।
त्यसकारण अहिले पनि यो अधिकार संस्थागत भइहाल्छ भनेर ढुक्क हुने स्थिति छैन । उहाँले पटकपटक संकटकाल लगाउने नै अहिले पनि संविधान मिचेको बताउनु भयो । वर्तमान सरकार जनताले निर्वाचनमा व्यक्त भावनालाई मिल्काएर जनताको आकांक्षा अनुसार नभएर अन्तै कसैको अकांक्षा अनुसार चलिरहेको अध्यक्ष प्रचण्डको भनाई रहेको थियो ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika