“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Sunday, January 2, 2011

माओवादी स्थायी समिति बैठक जारी

भोलीदेखि सुरु हुने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न माओवादी स्थायी समिति बैठक अहिले बसीरहेको छ । पार्टर्ीीेन्द्रीय कार्यालय कोटेश्वरमा जारी बैठकमा नेताहरुको कार्यविभाजन, पार्टर्ीीे आगामी कार्यनीतिलगायत विषयमा छलफल हुने माओवादीले जनाएको छ । गोर्खाको पालुङ्टारमा आयोजित बिस्तारित बैठकमा पेश भएका उपाध्यक्षद्वय मोहन वैद्य 'किरण' र डा. बाबुराम भट्टर्राईका प्रतिवेदन समेटेर अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले तयार पारेको
एकीकृत प्रतिवेदन र आगामी संर्घष्ाका कार्यक्रमबारे पनि बैठकमा छलफल हुने बताइएको छ । पालुङटार बैठकबाट शान्ति र संविधानमा अवरोध भए जनव्रि्रोह गर्ने तत्कालीन कार्यनीति लिएको माओवादीले त्यसको वातावरण तयार पार्न देशव्यापी प्रशिक्षण सन्चालन गर्ने तयारी गरेको छ । गोर्खाको पालुङ्टारमा सम्पन्न छैटौं विस्तारित बैठकपछि पार्टर्ीी लिएको रणनीतिबारे आम कार्यकर्ताको बुझाईमा एकरुपता ल्याउन देशव्यापी प्रशिक्षण चलाउने र फागुन महिनादेखि संर्घष्ा सुरु गर्ने माओवादीले तयारी गरेको छ ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika