कृष्णसेन अनलाइन
पाल्पा, १८ पुस । पाल्पाको दर्लमडाँडा गविसका नेकपा एमाले तथा नेपाली कांग्रेसका स्थानिय कार्यकर्ताहरु पार्टी परित्याग गरी एकीकृत माओवादीमा प्रवेश गरेका छन् । दर्लमडाँडा गाविसिमा भएको अन्तरक्रिया कार्यक्रममा विभिन्न पार्टीका गरि डेड दर्जन कार्यकर्ताहरु एकसाथ एकिकृत माओवादीमा प्रवेश गरेका हुन् ।माओवादी प्रवेश गर्नेमा एमाले कांग्रेसका गाउा कमिटीका सक्रिय कार्यकर्तादेखि शिक्षकहरु समेत रहेका छन् ।

माओवादी प्रवेश गर्नेमा दर्लमडाँडा उच्च माविका शिक्षक तुल्सीराम कोईराला, हेमलाल कोइराला, टिकादेवी कोईराला, निलकण्ठ न्यौपाने, टेकप्रसाद बञ्जाडे, बमकुमारी गैरे, कुलबहादुर आले, फूलमायाा कोईराला, ओमकला गैरे, छवीलाल गैरे छन् । त्यसैगरि, रनकुमारी गैरे, धनप्रसाद गैरे, सकुन्तला पौडेल, बेनीकला गैरे, केसरी गैरे, हरी कोईराला, सुरेश परियार, लिलादेवी न्यौपाने एकीकृत माओवादीमा प्रवेश गरेका छन् ।
नवप्रवेशीलाई एकीकृत नेकपा माओवादी दर्लमडाँडा गाउँ कमिटिका सल्लाहकार घनश्याम गैरे र गाउँ कमिटि इन्चार्ज रेश्मिराज गैरेले फूलमाला र टीका लगाईदिएर स्वागत गरेका थिए । नेपाली कांग्रेसको गाउँ कमिटीको सक्रिय कार्यकर्ता रहेका तुल्सीराम कोईरालाले कांग्रेसले जनताको मुक्तिको आन्दोलनलाई छाड्दै गएकोले माओवादीमा प्रवेश गरेको बताए । त्यस्तै नेकपा एमाले परित्याग गरेका निलकण्ठ न्यौपानेले माओवादी पार्टी नै जनताको हितमा क्रियाशील रहेको भन्दै आफु एकीकृत माओवादीको सदस्य भएर काम गर्न राजी बताए । कार्यक्रम दर्लमडाँडा गाउँ कमिटिका सचिव हरि कोईरालाको सभापतित्व र कृष्ण न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो
No comments:
Post a Comment