“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Monday, January 3, 2011

खसीचोर छाडेपछि प्रहरी चौकी गाउँलेको घेराबन्दिमा

रामहरि गजुरेल नुवाकोट, पुस १९ गते ।
नुवाकोट जिल्लाको फिकुरी गाविसमा स्थानिय दर्ुइ व्यक्तिको घरमा खसी चोरी गर्ने एक अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएर पनि कारबाही नगरी छाडेको भन्दै आज दिउँसोदेखि सातदोवाटेस्थित इलाका प्रहरी चौकीमा गाउँलेहरुले घेराबन्दि गरेका छन् ।
गत शनिवार रातिको समयमा फिकुरी ६ का कुलप्रसाद भट्ट र ८ का गोविन्द देवकोटाको घरमा खसी चोरी गर्ने सोही गाविस वडा नं. ८ का भिजन तामाङलाई गाउँलेेले पक्राउ गरि कारबाहीको लागि प्रहरीलाई बुझाए पनि कारबाही नै नगरी छाडेको भन्दै प्रहरी चौकी घेराबन्दि गरेका हुन् ।
आज बिहान इलाका प्रहरी चौकी फिकुरीले अभियुक्त तामाङलाई कारबाही नै नगरी भगाएपछि डेढसयजतिको संख्यामा आएका आक्रोसित गाउँलेले पुन पक्राउ गरि कारबाही गर्नुपर्ने भन्दै दिनभरदेखि धर्ना दिइरहेका छन् । विगत लामो समयदेखि गाउँमा चोरी डकैति लगाएतका क्रियाकलापमा संलग्न भिजन तामाङले गाउँलेलाई पटक पटक दुख दिँदै आएकोले खसी चोरी गरिरहेकै अवस्थामा रंगेहात समातेर प्रहरीलाई बुझाएको स्थानिय चन्द्र न्यौपानेले बताए । न्यौपानेका अनुसार सो इलाका प्रहरी चौकीले गाउँमाहुने आपराधिक क्रियाकलापदेखि अन्य चोरी डकैतिका घटनाहरुमा हेलचक्|m्याईँ गर्दै आएको र गाउँलेले सहयोग गरी बुझाएको अभियुक्त समेत छाडेकोमा हामी गाउँलेहरु आक्रोसित छौँ' उनले भने ।
उता इलाका प्रहरी चौकी फिकुरीले भने अभियुक्तलाई कुनै पनि कारबाही नगरी छाडिएको गाउँलेसामु स्विकार गरेको छ । उक्त प्रहरी चौकीका हबल्दार ललन शाह भने आक्रोसित गाउँलेसामु गल्ती भएको जनाउँदै रुवाबासी समेत गरेको गाउँलेको भनाई छ । अभियुक्तलाई त्यसै छाडिएकोमा पश्चाताप भएको बताउँदै प्रहरी असही राम प्रसाद अधिकारीले पुन तामाङलाई पक्राउ गरि कारबाही गरिने बताएता पनि गाउँलेले भने पक्राउ गरि नल्याएसम्म नछाड्ने भन्दै धर्ना दिइरहेका छन् ।
 

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika