“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Monday, January 10, 2011

संविधानमा प्रेस स्वतन्त्रता र पेशागत

रामहरि गजुरेल विदुर, पुस २६ गते ।
देशमा घोषित मितिमै नयाँ संविधान निर्माण गरिनर्ुपर्ने र त्यसमा प्रेस स्वतन्त्रता र पेशागत सुरक्षाको अनिवार्य उल्लेख गरिनुपर्ने सरोकारवालाहरुले माग गरेका छन् । देशमा पछिल्लो समय दण्डहिनता बढ्दै गएको र यसले पूण प्रेस स्वतन्त्रता प्राप्त हुन नसकेको जनाउँदै नयाँ संविधानको प्रस्तावनामै पूण प्रेस स्वतन्त्रता र पेशागत सुरक्षा उल्लेख गरिनुपर्न प्रेस चौतारीद्वारा सोमबार नुवाकोटको विदुरमा आयोजित कार्यक्रममा सहभागीहरुले वताएका हुन् ।
प्रेस चौतारी नुवाकोटको प्रथम विस्तारित भेलामा सहभागी विभिन्न क्षेत्रमा क्रियाशील पत्रकार तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधिहरुले मुलुकमा पत्रकारहरुले वास्तविक र समाज परिवर्तनशील विषयवस्तु उठान गरिनुपर्नेमा जोड दिँदै व्यावसायिक रूपमा पत्रकारिताको विकास गर्नका लागि पत्रकारको संख्यात्मक वृद्धि नभइ गुणात्मक वृद्धि जरुरी रहेको समेत औंल्याएका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष राजेन्द्र अर्यालले पछिल्लो समय मुलुकमा व्यावसायिक पत्रकारिताको विकास भएपनि विभिन्न क्षेत्रमा विद्यमान दण्डहिनताका कारण पत्रकारहरु असुरक्षित हुन परेको वताउनुभयो । पत्रकारहरुको क्षमता र स्तरवृद्धिका लागि सम्पूर्ण पत्रकारहरु एकजुट भइ पत्रकारिताको व्यावसायिकता र गुणात्मक विकासको लागि क्रियाशील हुनुपर्ने उपाध्यक्ष अर्यालले वताउनुभयो ।
भेलाले खाली रहेको उपाध्यक्ष र सदस्य पदमा पदाधीकारी मनोनयन गरेको छ । उपाध्यक्षमा देवचन्द्र भट्ट र सदस्यमा पुष्प अधिकारीलाई मनोनित गरेको हो ।
यसैबीच, प्रेस चौतारी रसुवाको प्रथम जिल्ला अधिवेशन धुन्चेमा सम्पन्न भएको छ । अधिवेशनले आगामी दर्ुइवर्षे कार्यकालका लागि हेमनाथ खतिवडाको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको छ । प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष राजेन्द्र दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न अभिवेशनले उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः बलराम घिमिरे, प्रेम पौडेल, संगीता घले र राकेश लामालाई चयन गरेको छ भने सदस्यहरुमा सुष्मा न्यौपाने, नवराज न्यौपाने, संगीता लामिछाने, विश्वास नेपाली, सिङ्गीतेम्पा तामाङ र दावाफर्ुपा तामाङलाइ चयन गरेको छ ।

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika