माघ दर्ुइ गतेदेखि वैज्ञानिक भाडादर कायम हुने
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आगामी माघ दर्ुइ गतेदेखि यातायात व्यवसायीले वैज्ञानिक भाडादर कायम गर्ने भएको छ ।
काठमाडौंमा आज आयोजित एक कार्यक्रममा महासंघका अध्यक्ष दिनेश भण्डारीले पेट्रोलियम पदार्थ लगायतका अन्य बस्तुहरुको मूल्य बृद्धिको आधारमा बैज्ञानिक भाडादर कायम गरिने बताउनुभयो ।
साथै उहाँले बैज्ञानिक र व्यवस्थित प्रक्रियाबाट देशभित्र गाडी थप्ने प्रक्रिया अगाडी बढाउन पनि सरकारसँग माग गर्नुभयो ।
कार्यक्रममा माइक्रोबस व्यवसायी संघका अध्यक्ष पर्ूण्ालाल श्रेष्ठले अनुशासित ढंगले आफ्नो कर्तब्य निर्बाह गर्न यातायात व्यवसायीलाई आग्रह गर्नुभयो । हाल देशभर पन्ध्र सयभन्दा बढि माइक्रोबस व्यवसायीहरु रहेको बताइएको छ ।

No comments:
Post a Comment