“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Tuesday, January 11, 2011

जैबिक बिबिधता एवं खिचडी महोत्सव शुरु

नवलपरासी, २७ पुष । थारु समुदायको नयाँ बर्षशुरुको अबसर पारेर मंगलबार देखि नवलपरासीको गोडारमा जैबिक बिबिधता एवं खिचडी महोत्सव शुरु भएको छ ।  बिगतमा रहेका हरुवा चरुवाहरुलाई समेत आज मंलबारका दिनदेखि मुक्त दिने चलन भएकाले थारु समुदायले यो पर्ब धुमधाम तरिकाले मनाउने गरेको छ । पर्यटन बर्ष२०११ को शुभारम्भ संगै नवलपरासीको थारु भिजेलमा पर्यटक भित्राउने गरि खिचडी महोसत्व शुरु गरिएको स्थानीय युगबहादुर महत्तोले बताए ।
महोत्सवमा थारु समुदायका खाद्य परिकार हरु राखिने आयोजकले जनाएको छ । महोत्सवको नेपाल आदिबासी जनजाति महासंघ अध्यक्ष राजकुमार लेखीले उद्घाटन गर्नुभएको छ ।  अग्यौलीमा रहेको आदिवासी तथा थारु संग्राहलयको हाताभित्र भएको महोत्सवमा थारु समुदायका खाद्य परिकार एवं जैबिकबिविधता सम्बन्धि स्टलहरु राखिएको हो । कला र संस्कृति राष्ट्र र राष्ट्रियताको सम्पत्ति भएकाले त्यसको संरक्षण आफुहरु लागि परेकाले महोत्सवको आयोजना गरिएको महोत्सव आयोजक समितिका संयोजकर् इनरबहादुर महत्तोले बताए ।
महोसत्वमा थारुको चिर्चर, माछा, घोगी, नुनखुर्सानी, माछा मार्दा प्रयोग हुने सामाग्री थारु समुदायले दैनिक जिवनमा प्रयोग गर्ने सामाग्रीहरु राखिएको छ । महोसत्व तिन दिनसम्म चल्ने छ । रामकुमार श्रेष्ठ नवलपरासी,

No comments:

Post a Comment

 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika